fbpx

अध्यक्ष कपको उपाधी चुमेको बढैयाताललाई पहिलो सफलता

अध्यक्ष कपको उपाधी चुमेको बढैयाताललाई पहिलो सफलता


दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिकाले पहिलो पटक पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । फाईनल खेलमा प्रतिस्पर्धी मधुबन लाई पराजित गर्दै आयोजक बढैयाताल पहिलो पटक उपाधि चुम्न सफल भएको हो ।

बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालय र कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा सञ्चालन भएको बर्दिया जिल्ला अन्तर पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल खेलमा मधुबन लाई २—१ गोल अन्तरले पराजित गर्दै आयोजक बढैयाताल बिजेता बनेको हो ।

यूवा नै हुन देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देस सहित मयुर यूवा क्लबको खेल मैदान नयाँ बस्तिमा चैत्र ४ देखि सञ्चालनमा रहेको फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा बढैयातालको तर्फ जर्सि न.७ का खेलाडी आशिष सिङ ठकुरीले खेल सञ्चालन भएको ३८ औ मिनेटमा पहिलो गोलगर्दै अग्रता दिलाएका थिए । जबाफमा मधुबनका शम्भु थारुले ७० औ मिनेटमा गोल गरी खेल लाई बराबरीमा पुर्याए तर खेल सकिन करिब २ मिनेट बाँकी हुदा ७९ औ मिनेटमा बढैयातालका खेलाडी आशिष सिङले गरेको दोश्रो गोल नै जितको निर्णायक बन्यो ।

पहिलो पटक बिजेता बनेको बढैयातालले उपाधि सहित १ लाख ५ हजार ५ सय ५५ रुपैया, सिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्तगर्दै चौथो संस्करणमा आयोजक च्याम्पियन बनेको छ । पहिलो र दोश्रो संस्करणमा बिजेता बनेको मधुबन यस पटकको प्रतियोगितामा उप बिजेतामा सिमित बन्न पुगेको छ । उप बिजेता बनेको मधुबनले ५१ हजार १ सय ११ रुपैया सहित सिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फाईनल खेलमा उत्कृष्ट गोल रक्षकमा बढैयातालका उज्वल घिमिरे, उत्कृष्ट डिफेन्डरमा मधुबनका शंकर थारु, उत्कृष्ट मिड फिल्डरमा बढैयातालका अरुण चलाउने, उत्कृष्ट फरवार्डमा बढैयातालका आशिष सिङ ठकुरी र उदयमान खेलाडीमा बढैयातालका आलोक थारु घोषित भए । हाल सम्म भएको खेलमा सर्वोत्कृष्ट खेलाडीमा बढैयातालका कृष्ण बहादुर राना भाट घोषित थिए । सर्वोत्कृष्ट बनेका राना भाटले रु २ हजार ५ सय प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् ।

त्यसै गरी बिभिन्न बिदामा उत्कृष्ट घोषित भएका खेलाडी लाई समान स्वरुप दुई हजार रुपैयाँ प्रमाण पत्र र मेडल बाट पुरस्कृत गरिएको छ । भने बढैयातालका खेल प्रशिक्षक राजजित चौधरीलाई पनि प्रमाण पत्र वाट सम्मान गरिएको आयोजकले जनाएको छ । बढैयाताल ८ नं वडाका अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षता भएको समापन तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्र चौधरी, बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठी, मधुबन नगर पालिकाका प्रमुख तेज बहादुर भाट, बढैयातालकी उपाध्यक्ष लक्ष्मी अधिकारी जिल्ला फुटबल संघ बर्दिया अध्यक्ष अजित राजभण्डारी लगाएका अथितिहरुले बिजेता र उप बिजेता हुने खेलाडी लाई पुरस्कृत गरे ।

निकै उत्साह, उमङ्गका साथ सभ्य र भब्य रुपमा सञ्चालन भएको चौथो संस्करणको प्रतियोगिता हेर्न आएका स्थानिय पालिका र छिमेकी पालिकावाट करिब हजारौं दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गरि खेलको मज्जा लिए । बढैयाताल गाउँपालिका, जिल्ला फुटबल संघ बर्दियाको समन्वय र बर्दिया एकेडेमी तथा पोलिटेक्नि रिसर्च सेन्टर मुख्य प्रायोजक रहेको प्रतियोगिता लाई सम्पन्न गर्न स्थानिय संघ सस्था, बिद्यालय, सामुदायिक बन, उद्योगि ब्यापारी मयुर यूवा क्लबका पुर्व खेलाडीवाट आर्थिक तथा जिन्सी सहयोग रहेको पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाए ।

बर्दिया जिल्लाका ८ पालिकाले सहभागिता जनाएको चौथो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलका मुख्य रेफ्रि कृष्णगोपाल चौधरी, सहायक रेफ्रि द्धय सुदिप घर्ति र शिब प्रसाद अधिकारीले मर्यादित तथा स्वतन्त्र रुपमा खेल संचालन गरेका थिए । बिविध सांस्कृतिक कार्यक्रमका उल्लेख्य दर्शकको उपस्थितिमा प्रतियोगिताको समापन कार्यक्रममा गरिएको थियो । समापन कार्यक्रममा स्थानिय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, संघ सस्थाका प्रतिनिधि, सहयोग दाता, उद्योगि ब्यापारी मयुरका पुर्व खेलाडी, सुरक्षाकर्मी, पत्राकार लगाएत सहभागी रहेको कार्यक्रमको कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले स्वागत र हिक्मत सुनारले सञ्चालन गरेका थिए ।

तपाइको मत