fbpx

सपनामा देखेका कुरा पुस्तकका रुपमा कैद गरे

सपनामा देखेका कुरा पुस्तकका रुपमा कैद गरे


पर्वत जिल्लाको खुर्कोट वडा नम्बर ५ मा विक्रम सम्बत २०२१ साल भाद्र २ गते पिता स्वर्गिय भवानी शंकर पौडेल र माता स्वर्गिय जसुदा पौडेलको पुत्रका रुपमा जन्मनु भएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ६, मैनापोखर निवासी जीवन पौडेल (नन्द) को शैक्षिक योग्यता स्व अध्ययनबाट गर्नु भएको हो । उहाँले नयाँ नेपाल र विश्व शान्ति एवम् समाजवादको शुरुवात नामक कृति लेखन तथा प्रकाशन समेत गर्नु भएको छ । विपन्न आर्थिक अवस्थाका बाबजुद समाज परिवर्तनका लागि उहाँको कृति अनमोल छ । प्रस्तुत छ चुरेकुञ्जकर्मी प्रमिला चौधरीको सहयोगमा तयार पारीएको कुराकानीको सारअंश :

तपाईले पुस्तक किन र कसरी प्रकाशन गर्नु भयो ?

पुस्तक प्रकाशन गर्नु भन्दा पहिले मैले भगवान बाट सबै कुराहरु शिक्षाका आधारमा सपनामा देखेको थिए । २०५३ सालको कुरा हो । म जागीर पनि यही लेखाइका क्रममा छोडे । अहिले घरको दयनिय अवस्था छ । भविष्यमा देशकै लागी केही गर्छु र विशेष गरी हिन्दु धर्मलाई प्रत्यक्ष आर्कषण भएको छ । बरु आफ्नो ज्यान दाउमा लगाएर नेपाल र नेपालीको लागि केहि गर्छु । हिन्दु धर्मको अस्तित्व बचाउँछु भनेर मैले चाही निधो गरे अनुसार पुस्तक प्रकाशन गरेको हुँ ।

पुस्तक भित्र तपाइले के उजागर गर्न खोज्नु भएको छ ?

मेरो उजागर गर्न खोजेको कुरा भनेको धर्म हो । धर्मलाई मैले प्रत्यक्ष रुपमा उजागरण गरेको छु । धर्म जहिले पनि राजनितिकरण, व्यापारीकरण भइरहेको छ । तपाईहरुलाई थाहै छ विभिन्न किसिमका धर्म सम्प्रदाय आआफनो धर्ममा प्रचार प्रसारगर्दै हिन्दु धर्मलाई नै आक्रमण गरिरहेका छन् । यो सृष्टि सञ्चालक एउटै हुन् । सृष्टि निमार्ण कर्ता पनि एउटै हुन् । भगवान एउटै हुन् । हामी चाहि हाँगा हौं । विभिन्न धर्ममा आस्था राखेपनि भगवान चाहि एउटै हुन्छ । कसैले कसैको धर्मको खण्डन नगरौँ समान रुपले हेरौ भन्ने चाही मेरो मुख्य धारणा हो । अर्काे शासन व्यवस्था भन्ने समाजवादी, पँुजिवादीले केहि सिमित पुजिवादीहरुले संञ्चालन गर्ने हस्तक्षेप गर्ने, सत्ताको बाटोलाई इसारामा नचाउन् खोज्ने । यो व्यवस्थालाई विस्थापित गरी विशुद्ध समाजवाद सफल गरौँ भन्ने पुस्तकमा जोड दिईएको छ ।

पुस्तक प्रकाशन गर्न कति समय लाग्यो र कस्ता समस्या आए ?

पारिवारिक समस्या धेरै झेले । यो तयार गर्न धेरै समय लाग्यो । २०५५ सालमा पहिलो प्रकाशन गरे तर १ पैँसा पनि असुली गरेन् मलाई पुस्तकमै नशा बसेको त्यसै किसिमको सपनम देखेको थिए । र शिक्षा पनि पाएको थिए र जागीर छोडेर मेरो भविष्य नै यही हो भनेर जागीर समेत छोडेको हु । २०५४ साल चैतमा मैले छोडे त्यसपछि २०५५ सालामा मैले पहिलो प्रकाशन गरे म २ पैँसा आर्जन गरेन् त्यति बेलाको लगानी पनि दुबाए अनि त्यसछि म मलेसिया गए र मलेसिया बाट आएपछि १०, १२ वर्ष पछि २०७१ सालमा पुन त्यस्तौ किसिमको जोस आयो र मेरो लक्ष्य पनि यही भयो । म त्यही समुदायमा गएर त्यही घुममिल भएर त्यही समयमा म जागीर खाए । र मेरो घटना क्रममा म जेलमा कसरी गए थाहा भएन् हामी १२ जनामा ११ जना चिनेका समुदायकै मान्छे थिए । उनीहरु के गरे, कस्तो आरोप लगाए म जेलमा जादा कस्तो थियो । यी यावत कुराहरु मेरो जिवनीसँग यर्थाथ थिए अनि त्यसछि मेरो पुस्तक पूर्ण रुपमा प्रकाशन ल्याउन सक्ने हुनाले मैले यो पुस्तक नेता महाराजा सबै नेताहरु सम्म पुरयाउने र सार्वजनिक रुपमा देश व्यापी रुपमा बजारमा आवस् भन्ने मेरो चाहाना हुनाले म तपाईहरु सञ्चार मिडिया सम्म म गुहार्दै हिडनु कारण हो ।

अन्त्यमा, पुस्तकका पाठकहरुलाई के भन्नुहुन्छ ?

पाठक ज्यूलाई मेरो धारणा मेरो विचार अग्रसर गरेको छु । त्यसमा चाही कस्तो मुल्याङकन, विश्लेषण गर्नुहुन्छ , मैले पाठक ज्यूहरुलाई ज्ञान प्रति संविधान भनेको छु त्यसमा देश व्यापी रुपमा आफनो ज्यान आवधी चढाएर भए पनि यसले विश्व शान्तीको लागि पहल गर्दछु र सबै भाषामा उपलब्ध गराउनको लागि पनि कुराहरु गरेको छु । म हजुरहरु सँग विनम्र अनुरोध गर्दछु तपाईहरु दिनमा १ पाना भएपनि पढेर हेरदिनु होला तपाईले अवश्य बुझनु हुने छ । मलाई मिडियाबाट धैरे आशा छ । अहिले जे पनि मिडियाहरुले नगरेसम्म केहि पनि हुदैन् । यो भन्दा पहिला पनि म मिडियामा आएको थिए तर म पूर्ण रुपमा योग्य भएको थिएन्न् । म पाठ सिक्ने र अनुभव समेट्ने क्रममा थिए । तर अहिले म पूर्ण छु र यो मेरो अन्तिम हो । त्यसपछि मलाई लेख्नु पनि छैन्न् । यो विश्व व्यापी रुपमा धर्म के रैछ? कर्म के रैछ ? मानव भएर जन्मेपछि गर्नुपर्ने के रैछ ? अनि समाजबादी शाना व्यवस्थालाई चाही उजागर गर्न र सबै सामु सबै भाषामा प्रकाशन पार्नका लागि म आफनो ज्यान दाउमा लगाएर उठेको छ । यसमा चाहि म तपाईहरु मिडिया सञ्चारमा निकै आशा र भरोसामा सञ्चार कर्मिलाई गुहारे भने केहि न केहि सफलता पाउछु भनेर यो पुस्तकलाई परिवारको स्वीकृती बिना नै ५०,००० पुस्तकको लागि खर्च गरेर छपाएको छु । सबै पाठक ज्यूहरुले विश्लेषण र मुल्याङकन गरेर सहि, गलत प्रतिक्रिया गर्नुहोला ।

तपाइको मत