fbpx

युवा महिलालाई सिलाई ब्यवसाय गर्न सामाग्री हस्तान्तरण

युवा महिलालाई सिलाई ब्यवसाय गर्न सामाग्री हस्तान्तरण


चुरेकुञ्ज, गुलरिया । बाँके युनेस्को क्लवले सिलाई कटाई ब्यवसाय संचालनका लागि युवा महिलाहरुलाई सामाग्री वितरण गरेको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित पर्ल परियोजना अन्र्तगत गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्र्तगत ११ जना युवा महिलालाई सीलाई सामाग्री उपलब्ध गराएको बाँके युनेस्को क्लव पर्ल परियोजना प्रमुख गोविन्द प्रसाद लामिछानेले बताउनु भयो । संस्कृति सप्लायर्स मार्फत सामाग्री खरिद गरी बाँके युनेस्को क्लवबाट जारी गरिएको रु. ६६ हजार ३३५ रुपैयाको कम्युडिटी भौचरसँगै सामाग्री दिईएको छ । संस्थाले संचालन गरेको तालिममा सहभागी युवा महिलाहरु ब्यवसाय बन्ने भएपछि सामाग्री दिईएको हो ।

सिलाई मेसीन, कटिंग काउण्टर टेबल, आईरन, कैची, ओभरलक मेसिनसहित ६६ हजार ३३५ मुल्य बराबरको २२ वटा सिलाई सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा बाँके युनेस्को क्लवका अध्यक्ष, कार्यकारी निर्देशक, प्लान नेपालका प्रतिनिधि, वडा नम्वर ५ का वडा अध्यक्ष, सदस्य, प्रशिक्षक एवम् तालिमका सहभागीहरुको समुपस्थिती थियो ।

तपाइको मत