fbpx

“छोरीलाई घरकै खाजा मिठो”

“छोरीलाई घरकै खाजा मिठो”


मुरली गोडिया, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनीकी कोपिला थारु ३ वर्षिया छोरीलाई हुर्काउन निक्कै समय दिने गरेकी छिन । विहान स्कुल पठाउने देखि लिएर, छोरी घर फर्केपछि उनले मागेका खानेकुरा घरमा बनाउन व्यस्त हुन्छिन् । उनि भन्छिन छोरीले त बाहिरको खानेकुरा खाँदै खाँदैनिन् । घरमै पकाएको खानेकुरा मात्र खान रुचाउने गरेको कोपीलाले सुनाईन । कोपिलाले यसको श्रेय दिन्छिन “बालबालिकाको सपना परियोजनालाई” ।

प्लान इन्टरनेशनल नेपाल, थारु महिला उत्थान केन्द्र र ठाकुरबाबा नगरपालिकाको सयुक्त साझेदारीमा संचालित बालबालिकाको सपना परियोजना गाँउमै पुगेपछि बालबालिकाको शारिरिक, मानसिक विकाससंग लक्षित कार्यक्रममा सहभागी भएकी कोपिलाले बालबालिकालाई बाहिरको खाने कुरा खुवाउनु हुन्न भन्ने थाहा पाएकी हुन् । छोरीलाई सानै देखि बाहिरी खानेकुरा देखी टाढा राखेपछि आजभोली छोरीले घरमै पकाएको खाने कुरा रुचाउने गरेकोमा खुशी हुँदै भनिन् । यति मात्र होइन “बच्चलाई कसरी सर्वाङ्गिन विकास गर्न सकिन्छ भन्ने सवैथोक थाहा पाएँ । गाँउमा गर्भवति महिलालाई बालबालिका स्याहारसुसार गर्ने विषयमा समेत मैले जानकारी दिने गरेकी छु ।

“स्वास्थ्य चेकजाँच, पोषिलो खानपिन, सरसफाई बारे सचेतना फैलाउने कार्य गरिरहेको छु” । कोपिलाले भनिन् । उनले प्रारम्भिक बाल विकास बारे सम्पुर्ण जानकारी पाएकी छिन । बालबालिकाको सामुन्नेमा कुन शब्दको प्रयोग गर्ने देखी लिएर अन्य मानिस संग कस्तो व्यवहार गर्न लगाउने सम्मको सवै कुरा छोरीलाई बुझाउने गर्दछिन् । कोपिला भन्छिन “छोरी पेटमै हुँदा परियोजना गाँउमा आएको थियो म पनि सहभागी हुन पुगे त्सस पछि मात्र थाहा भयो, बालबालिकालाई असल र पोषणमा कसरी ध्यान दिने विषयमा जानकारी पाए । सिकेको कुराहरु व्यवहारमा लागु गर्दै गएँ आज छोरीको स्वास्थ्य अवस्था र गर्ने व्यवहार हेरेर उनका हजुर बुवा समेत खुशी छन् ।

बुहारीलाई गाँउमा कुनै पनि कार्यक्रममा जान दिने र आफु पनि जाने गरेको कोपिलाका ससुराले भने । नातिनी त आज भोली मेरा सहारा नै बनेको छ । कोपिलाले छोरीको लागी विभिन्न खेलाउनाहरु बनाउन तालिम समेत लिएकी छिन् । बाहिरी कुरा भन्दा घरायसी समाग्री प्रयोग गरी खेलाउना तयार गरि उनले छोरीलाई दिने गरेकी छिन । परियोजनाले महिलाहरुको आर्थिक क्षेत्रमा कार्य गर्नुपर्ने आवश्यकता रहेको कोपिलाको सल्लाह छ । उनि भन्छिन “बच्चा जन्मे दखी ८ वर्ष सम्मको अवधीमा पालन पोषण कसरी गर्ने ? भन्ने कुराहरु सवै सिकाएको छ । अब आमाहरुलाई आर्थिक पाटो तर्फ पनि संलग्न गराएको भए झनै राम्रो हुने उनले विश्वास व्यक्त गरिन् ।

बारबालिकाको सपना परियोजनाले बर्दियाको ठाकुरबाबा नगरपालिकामा सन् २०२० देखी बालबालिकाको सर्वाङ्गिन विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको बालबालिकाको सपना परयोजनाका संयोजक विनय कुमार थारुले जानकारी दिए । परियोजनाले बालबालिकाको सर्वाङ्गीन विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा ग्रामिण क्षेत्रमा सहजीकरण गर्दै आएको प्रष्ट्याए । परियोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा संचालन रहेको उनले जानकारी दिए ।

तपाइको मत