अपांग बालिकालाई गुलरिया वडा नम्वर ६ ले प्रदान गर्यो ह्विलचियर
- आइतबार चैत १२ , २०७९
चुरेकुञ्ज, गुलरिया । मुक्ति नारायण टोल, भादापुर, गुलरिया वडा नं ८ निवासी ६ कक्षामा अध्ययनरत १३ बर्षिया बालिका सरस्वती चौधरीलाई ह्विलचियर प्रदान गरिएको छ । गुलरिया नपा वडा नम्वर ६ ले बालिकालाई ह्लिचियर उपलब्ध गराएको हो ।
प्रत्येक दिन ३ कि. मी ह्विलचियरमा कठिन यात्रा गरेर, आफू पढ्ने विद्यालय श्री राधाकृष्ण बगलामुखी मा. वी गुलरिया पुग्छिन् । शारीरिक रूपमा अशक्त बालिका कक्षामा प्रत्येक दिन उपस्थित हुने गरेकी छिन् । यिनको शिक्षा प्रतिको लगनशीलता देखेर विद्यालयका हरेक शिक्षक अचम्म पर्नु हुन्छ । यिनको दैनिकी देख्दा वडालाई पनि धेरै खुशी लाग्यो वडा अध्यक्ष शुधांसु प्रकाश शर्माले भन्नुभयो । पहिलो पल्ट उनलाई भेट्दा मैले“ नानी तिमलाई के सहयोग चाहिन्छ“ भनेर सोधेको थिए ।
उनले मलाई एउटा टईसाईकल भएहुन्थ्यो सर घरबाट विद्यालय आउन–जान सहज हुनेथियो भनेकी थिइन् । हामीले ( गुलारिया नगरपालिका महिला तथा बाल विकास शाखा ले र वडा नं ६ ले लगातर कोशिस गरेर यूनेस्को बाँके र प्लान नेपाल अन्तर्गत चलिरहेको कार्यक्रम मार्फत यिनका निम्ति टईसाईकलको माग गरेका छौं । टईसाइकल आउनुभन्दा अगाडि नै यिनको ह्विलचियरको अगाडिको पाङ्ग्रा बिग्रियो, त्यसैले नयाँ व्यवस्था नहुँदा सम्म,यिनको शिक्षामा अवरोध नहोस् भन्ने उद्देश्यले उनलाई वडाको सहयोगमा नयाँ (अलि कमसल भएपनी, काम चल्ने) ह्विलचियरम प्रदान गरेका हौं ।