शहिद यमलाल लामिछानेको शालिक बनाउन सांसद गौतमले सहयोग गर्ने
- आइतबार बैशाख १२ , २०७८
चुरेकुञ्ज, बर्दिया । जनआन्दोलन ०६२÷६३ का शहिद बर्दियाका यमलाल लामिछानेको शालिक निर्माणका लागि संघीय सांसद संजय गौतम्ले सहयोग गर्ने भएका छन् । लोकतन्त्र दिवस वैशाख ११ गतेको सन्दर्भमा लोकतन्त्र प्राप्तीका लागि शहिदहरुको योगदान बिषयक विचार गोष्ठिका प्रमुख अतिथी गौतम्ले पूर्वाधार बिकास कोष मार्फत शालिक निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
शहिद यमलाल लामिछाने स्मृति प्रतिष्ठान गुलरिया, बर्दियाले आयोजना गरेको कार्यक्रममा लुम्विनी प्रदेस सांसद तिलकराम शर्मा, कुलप्रसाद पोख्रेल लगायत ठूलो मात्रामा लोकतन्त्र प्रेमीहरुको सहभागीता थियो । कार्यक्रमलाई सम्वोधनगर्दै सांसद गौतम्ले शहिदहरुको सपना साकार पार्न राजनितिक दलका नेताहरुले आत्मसमिक्षा गर्नुपर्ने बताए । राजनितिककर्मीहरुले ब्यक्तीगत र दलगत स्वार्थबाट माथि उठेर जनता र देश बिकासका लागि सोच्नुपर्ने धारणा राखे ।
उनले भने हामी दिनप्रतिदिन उच्छृंखल बन्दै गैरहेकाले आत्मसमिक्षा गर्नु जरुरी छ । यहि गति रहीरहेले जनताले नेताहरुलाई ठेगान लगाउने उनको भनाई छ । अहिले राजनितिसँग जनताहरु खुशी छैनन् । हामीहरु सच्चिनु जरुरी छ । नेकपाको वहुमतको सरकार फुट्नु देशकै र्दुभाग्य भएको बताए । बहुमतको सरकारलाई कांग्रेसले ऐतिहासिक मान्दामान्दै टिक्न नसक्नु दुःखको कुरा हो । गौतम्ले थपे जनआन्दोलनमा सहपाठी शहिद यमलाल लामिछानेले देखाएको मार्गमा हिड्न सबैलाई प्रेरणा मिलोस् ।
सांसद गौतम् फरक दलका नेता भएपनि जनताका हितमा बर्दियामा धेरै राम्रो काम गरेको कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष टंक अधिकारीले भने । बर्दिया, गुलरियाको नदी कटान नियन्त्रणमा गौतम्ले अतुलनिय योगदान गरेको स्मरण गराउँदै । अब शहिदका सपना र उनका स्मृतिमा योगदान गर्न अधिकारीले सांसद गौतम्लाई आग्रहगर्दै शहिद यमलाल लामिछानेको स्मृतिमा चोक निर्माणका लागि आर्थिक सहयोग गर्न अनुरोध गरे ।
नेकपाको बहुमतको सरकार छिन्न भिन्न भएकोमा दुःख ब्यक्तगर्दै नेकपा एकिकरण अभियान बर्दियाका नेता अंगद श्रेष्ठले एकता नै बलियो शक्ति भएको प्रष्ट्याए । २०१५ सालमा नेपाली काँग्रेस भित्रको विवादले वहुमतको सरकार ढलेको स्मरण गराउँदै । नेपाली राजनितिका नेताहरु एक भएर अघि बढे कसैले हल्लाउन नसक्ने बताए । संविधान निर्माणका क्रममा विदेशी शक्तिले दबाब दिएपनि काँग्रेस, एमाले, माओवादी लगायतका दलका नेताहरुको एक आवाजले संविधान जारी हुन सकेको बताए । शहिदको सम्मान सबैले गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।