कर्णाली नदीको डुवान व्यवस्थापन गर्न सवै एकजुट हुनुपर्ने
- शनिबार चैत ११ , २०७९
केशव कोइराला, बर्दिया । कर्णाली नदीको तटिय क्षेत्रका बासिन्दाहरुको समस्याको रुपमा रहेको कर्णाली नदीको बाढी डुवान व्यवस्थापन गर्न सवै एकजुट भएर लाग्नुपर्ने सरोकारहरुले निष्कर्ष निकालेका छन् । सामाजिक बिकास तथा अनुन्धान केन्द्र बाँकेले बर्दियाको राजापुरमा आयोजना गरेको बाढी प्रकोप न्यूनिकरणकालागी प्रकृतिमा आधारित समाधान उपाय बिषयक अन्तरपालिका स्तरिय कार्यशालाका सहभागिहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
कार्यशालामा सहभागि कैलालीका जानकी गाँउपालिका, टिकापुर नगरपालिका, बर्दियाका गेरुवा गाँउपालिका ,राजापुर र मधुवन नगरपालिकाका प्रमुख समिलीत कार्यशालामा पाचै वटा पालिकाहरु बिच प्रभावकारी साझा शिकाई तथा समन्वयको भावी कार्यदिशा समेत तय गरिएको छ । प्राक्टिकल एक्सनका विक्रम रानाले नेपाल वाढी उत्थानशील कार्यक्रमको प्रगती तथा प्रकृतिमा आधारित समाधान सम्बन्धि अध्ययन प्रस्तुत गर्दै दिर्घकालिन उपायको खोजि आवश्यक भएकाले प्रकृती संरक्षण सँगै व्यवस्थापनमा लाग्न सवैमा आग्रह गर्नुभयो ।
रानाले प्रकृतिमा आधारित समाधानहरूले प्राकृतिक वा परिमार्जित (बातावरण, पर्याबरण), पारिस्थितिक प्रणालीहरूलाई संरक्षण, पुनस्र्थापना र दिगो रूपमा व्यवस्थापन गर्नुपर्ने खाँचो औंल्याउनुभयो । प्राक्टिकल एक्सनका कृति श्रेष्ठले अध्ययनबाट पहिचान गरिएका सुझावहरुलाई पालिकागत सामहिक छलफलको माध्यमबाट ३ वटा मापदण्डको (आवश्यकता, प्रभावकारिता, र सम्भाव्यता) आधारमा प्राथमिकिकरण गर्न सहजीकरण गनु भएको थियो ।
प्राक्टिकल एक्सनका रमेश गौतमले पालिकामा के कस्ता नितिगत ब्यबस्था रहेका छन, थप के कस्ता नितिगत ब्यबस्था चाहिन्छन साथै पालिकास्तरमा विपद जोखिम उत्थानशिलताका लागी भएका अनुकरणयोग्य सहकार्यका उदाहरण सहित आवश्यक सहकार्यका लागी थप प्राथमिकताको खोजि गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पाचैँ वटा पालिका, कर्णाली नदी व्यवस्थापन आयोजना , विभिन्न संघ संस्था, वाढी जोखिम रहेका समुदायका र पत्रकार गरि ७३ जनाको सहभागिता रहेको थियो ।