fbpx

बर्दियामा तिनदिने राष्ट्रिय बाघ कार्यशाला शुरु

बर्दियामा तिनदिने राष्ट्रिय बाघ कार्यशाला शुरु


दीपकलाल श्रेष्ठ, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा तीन दिने बाघ सम्बन्धी राष्ट्रिय कार्यशाला शुरु भएको छ । देश भित्रका निकुञ्ज प्रतिनिधि, विशेषज्ञ प्राविधिक लगायत बाघ सम्बन्धि कार्य गर्ने संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरु कार्यशालामा सहभागी छन् ।

कार्यक्रमा निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको संरक्षण नै प्रमुख चुनौती रहेको र अबका दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पीडित परिवारलाई आश्रित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भएको छ । स्थानीय समुदायको संरक्षण र जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय पनि अबको मुख्य सवाल बन्नुपर्ने उहाँको ढकालको भनाइ छ ।

कार्यक्रममा सम्बोधन गर्दै महानिर्देशक डा. ढकालले राहतसँगै बिमा योजना लागू गर्नुपर्नेमा जोड दिनु भएको छ । बाघको आक्रमण हुनसक्ने स्थानहरूमा क्यामेरा लगायतका उपकरण जडान गरी प्रभावकारी रूपमा बाघको अनुगमन गर्न जरुरी रहेको वन मन्त्रालयका सह–सचिव डा. रामचन्द कँडेलले बताउनु भयो । लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले स्थानीय सरकारहरूले समेत मानव वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो ।

ठाकुरबाबा नपा का नगरप्रमुख तिलक लम्सालले बाघको उचित स्थान बर्दिया रहेको भए पनि अब बर्दियाको जङ्गलमा के कति बाघ को संख्या रहन सक्छ यसको अनिवार्य वैज्ञानिक अध्ययन गर्नु पर्नेमा जोड दिनु भएको छ । सन २०१८ पछि निरन्तर बाघबाट मानवीय क्षति बढ्नुको कारण अध्ययन गर्नुपर्ने समेत उहाँको भनाई छ । मध्यवर्ती क्षेत्रका स्थानीयलाई दिगो आय आर्जनको व्यवसाय गर्न तिर प्रोत्साहन गर्न नगरप्रमुख लम्सालको अनुरोध छ ।

कार्यशालामा डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले एकीकृत बस्ती व्यवस्थापन गर्न तिर ध्यानाकर्षण गराउनु भएको छ । पथ्थरबोझी र डाँडागाउँ स्थानान्तर तिर समेत ध्यान दिनुपर्नेमा उहाँको जोड छ । कार्यशाला गोष्ठीमा विश्व वन्यजन्तु कोषका डा. शान्तराज ज्ञवाली, पर्सा चितवन बाँके र बर्दियाका प्रमुख संरक्षण अधिकृत, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । शुक्रबारदेखि शुरु भएको कार्यशाला आईतबार सम्म चल्ने बताईएको छ ।

तपाइको मत