fbpx

बाँसगढी उद्योग बाणिज्य संघका समितिलाई पदभार हस्तान्तरण

बाँसगढी उद्योग बाणिज्य संघका समितिलाई पदभार हस्तान्तरण


विन्दु चौधरी, बाँसगढी । बाँसगढी उद्योग बाणिज्य संघको नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको छ । संघको तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष एवं निर्वाचन अधिकृत कमल प्रसाद पाण्डेले औपचारिक कार्यक्रमका बीच सपथ ग्रहण गराउनुभएको हो ।

नव निर्वाचित अध्यक्ष बद्रिनाथ बराललाई निवर्तमान अध्यक्ष रामसिंह थारुले पद हस्तान्तरण गर्नुभएको थियो । पदस्थापना कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायीमुखी र विकासमुखी बन्न सकोस् भन्दै शुभकामना दिएका थिए । नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै उद्योग बाणिज्य महाँसंघ नेपालका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले व्यवसायीक प्रर्बद्धनका लागि उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेल्न आग्रह गर्नुभयो । नवनिर्वाचित अध्यक्ष बरालले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापनगर्दै मतदाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कार्यसमितिलाई कोहलपुर उद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटा, बस्तुगत समितीका संयोजक विपिन पौडेल, निवर्तमान अध्यक्ष रामसिंह थारु, वाड नं ५ का वडाअध्यक्ष, वाड नं ८ का वडाअध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक तुलप्रसाद गौतम लगायतले सफल कार्यकालको शुभकामना दिनुभएको छ । कार्यक्रममा संघका आजिवन सदस्य र नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष शिव देवकोटाले स्वागत गर्नुभएको कार्यक्रम महासचिव विकास गौतमले संचालन गर्नुभएको थियो ।

तपाइको मत