भ्रममा नपरी नियमित औषधी सेवन गरे क्षयरोग निको हुन्छ
- शुक्रबार चैत १० , २०७९
विष्णु अधिकारी, बर्दिया । हो, हामी क्षयरोग अन्त्य गर्छौ भन्ने मुल नाराका साथ विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय वर्दिया र संचारकर्मीहरुका विच अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाले क्षयरोग सुक्ष्म किटाणुबाट सर्ने सरुवा रोग भएकाले खोक्दा, हाँच्छियु गर्दा हावाको माध्यमबाट रोगीबाट अन्य व्यक्तिहरुमा सर्न सक्ने बताईएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाले रोगसँग लड्न सक्ने क्षमता कम भएका, एचआइभी÷एड्स सक्रमित, मधुमेह भएका, जाडरक्सी सेवन गर्ने, धुम्रपान गर्ने, लागु पदार्थ दुव्र्यसनीमा भएका, क्यान्सर, मृगौला र कुपोषित भएका व्यक्तिहरुलाई क्षयरोग लाग्न सक्ने सम्भावना बढि भएको जनाएको छ । क्षयरोगका लक्षणहरुमा २ हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागी रहनु, खकारमा रतग देखिनु, साँझपख हल्का ज्वरो आउनु र रातीमा पसिना आउने तथा खाना खान मन नलाग्नु, तौल घट्दै गएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्य कार्यालय बर्दियाले आम नागरिकलाई आग्रह गरेको छ ।
क्षयरोगका लक्षण भएका व्यक्तिले स्वास्थ्य संस्थामा गई खकार परिक्षणका साथै अन्य परिक्षणबाट क्षयरोग भए नभएको यकिन गरि विरामीले नियमित ६ महिना देखि १२ महिना सम्म औषधि सेवन गरेमा क्षयरोग निको हुने भएकाले यसलाई लुकाउन नहुने स्वास्थ्य कार्यालय बर्दियाका ल्याब टेक्निसियन निरीक्षक जीवन रजौरेले जानकारी दिनुभएको छ । आर्थिक वर्ष ०७८÷०७९ मा बर्दियामा ७ सय ९२ जना क्षयरोगी फेला परेको र केहि औषधि सेवन पश्चात निको भएको, केहीले औषधि सेवन गरिरहेको कार्यक्रममा जानकारी गराईएको छ । यसैगरि आर्थिक वर्ष ०७९÷०८० पुष सम्ममा ३ सय ४ जना क्षयरोगी फेला परेका छन् । क्षयरोगीले शरीरमा रोग विरुद्ध क्षमता बढाउनका लागि पोषणयुक्त खानेकुरा खानुका साथै खोक्दा सफा कपडा वा कुहिनाले मुख छोप्नु पर्ने र मास्कको प्रयोग गर्नुपर्ने भएकाले सकेसम्म धेरै समय घरवाहिर खुला ठाउँमा समय विताउनु पर्ने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।