भारतमा सम्पन्न खोखो खेलमा नेपाली टोलीले रचे ईतिहास
- शुक्रबार चैत १० , २०७९
भिमा कंडेल, बर्दिया । नेपाली खोखो टिमले नेपाललाई विश्वसामु चिनाउन महत्वपुर्ण भुमिका खेलेको छ । भारतको आसाममा चलिरहेको बिहिबारको चौथो एसियन खो–खो च्याम्पियनसिपमा पुरुष र महिला तर्फको फाइलन खेलमा नेपाली टोलीले जित हासिल गरेको छ ।
चौथो एसियन खोखो च्याम्पियनसिप खेलमा नेपाल, ईन्डिया, साउथकोरिया, इरान, इन्डोनेसिया, भुटान, बाङ्ग्लादेश, श्रीलंका, मलेसिया लगायतका देश खेलमा सहभागि थिए । पुरुष तर्फ नेपाल र भारत तथा महिला तर्फ नेपाल र भारत बिच भएको प्रतिस्पर्धात्मक खेलमाा महिला पुरुष गरि दुबै प्रतिस्पर्धामा नेपाली राष्ट्रिय खोखो टिमले रजत पदक प्राप्त गरि जित हासिल गरेको प्रशिक्षक खगेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।
यो जित नेपालको एउटा नयाँ इतिहास हो । ठाकुरबाबा नगरपालिकाबाट चार पुरुष तीन महिला र एक जना प्रशिक्षक सहित राष्ट्रिय खोखो टिममा सहभागि थिए । यस अघि पनि नेपाल मै भएका खोखो खेलमा ठाकुरबाबा नगरपालिकाले जित हाँसिल गरेर ठाकुरबाबा नगरपालिकालाई खेल क्षेत्रमा अघि बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।