एघार महिनाको अवधिमा ठाकुरबाबा नगरको उल्लेखनिय कार्य
- बिहिबार चैत ९ , २०७९
जीवन कडेल, ठाकुरबाबा नगरपालिका सैनावार बर्दिया । दोस्रो स्थानिय तहको निर्वाचन संगै निर्वाचित प्रतिनिधिहरुको करिब ११ महिनाको कार्यकाल ब्यतित भैसकेको छ । स्थानिय सरकार संचालन गर्ने मुख्य कडी कानुन हुन । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भए पश्चात संस्थागत तथा संरचनागत विकासका लागी करिब ४५ गोटा कानुन स्वीकृत भैसकेर ठाकुरबाबा नगरपालिकाको स्थानिय राजपत्रमा प्रकाशित भैसकेका छन ।
नगरपालिकाले नियमित गर्ने गरेका सामान्य कामकाजलाई समेत कानुन बनाएर व्यवस्थित गर्न नसक्दा नगरपालिकाको बेरुजू करिब १७ करोडको हाराहारिमा पुगेको थियो । बिभिन्नतः नितिगत कागजात तयार गरि करिब ६ करोडको बेरुजू समपरिक्षण गराई फर्छौट गराउन महालेखामा पेश गरिएको छ । खानेपानि सरसफाई तथा स्वच्छता सम्बन्धि लगानि सम्मेलनमा लुम्विनि प्रदेशका १२ वटा पालिका छनोट हुँदा ठाकुरबाबा नगरपालिका छनोट भएको छ । खानेपानी तथा सरसफाईका क्षेत्रमा सुधारका काम भएका छन । नगर पाश्र्व चित्र निर्माणको कार्य अगाडी बढेको छ । यसै वर्ष नगरपालिकाको आवधिक योजना, मध्यकालिन खर्च संरचना समेत निर्माणको चरणमा रहेका छन । एउँटै कर्मचारीले ४ देखी ५ गोटा शाखा समालेर काम गर्नुपर्ने बाध्यात्मक स्तिथि नगरपालिको छ । नगरपालिकामा जनशक्ति व्यवस्थापनका लागी कार्यालय संघठन तथा व्यवस्थापन सर्वेक्षण भईसकेको छ । संघिय सरकार मार्फत वितरण हुने समपुरक र बिशेष अनुदानका आयोजनाहरु छनोट गरि पेश गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत छनोट भएका बिद्यालयहरुमा भवन निर्माण कार्य अगाडी बढाईएको छ । संघ र प्रदेशका समपुरक, बिशेष र ससर्त अनुदानका आयोजनाहरु समेत कार्यान्वयनका क्रममा रहेका छन । हामिले ल्याएका निति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागी माध्यमिक तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा कार्यविधि पारित गरी कक्षा १० सम्म निःशुल्क शिक्षाको व्यवस्थापन गरि कार्यान्वयनमा लगिएको छ । नगरपालिकाको आर्थिक विकासलाई थप टेवा दिन कृषि पर्वद्धनका लागी कोरियन प्रविधिको कृषि कार्यक्रम संचालनका लागी कार्यक्रम सम्भावना छनोट गरि अन्य कार्य अगाडी बढेको छ । किसानलाई उत्पादन र बजारीकरणमा थप परिस्कृत गर्दै लैजान बहुवर्षिय रुपमा काम गर्नका लागी गैर सरकारी संस्था हेफर ईन्टरनेसनल संग सम्झौता भएर काम अगाडी बढेको छ । शीतभण्डार निर्माण कार्यको सुरुवात हुने क्रममा छ ।
नगरवासीको स्वास्थ्य सेवालाई नगरपालिकाले बिशेष प्रथामिकतामा राख्दै नेउलापुर स्वास्थ्य चौकीलाई ट्रमा सेन्टर बनाउन बिशेष पहल गरिएको छ । ठाकुरबाबा नगर अस्पतालको सेवालाई २४ सै घण्टा संचालन गरिएको छ । रेबिज बिरुद्धको खोप लगाउन जिल्ला अस्पताल जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै नियमित रेविज खोप लगाउने कार्यको सुरुवात गरिएको छ । डाक्टरको सिफारिसका आधारमा परिक्षण गर्नुपर्ने प्रयोगशाला सेवालाई निःशुल्क गरिएको छ । सिफारिस दस्तुरमा नगरबासीले तिर्दै आएको राजश्व आधा गरिएको छ भने मालपोतलाई समायोजन गरी कार्यान्वयन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसंग समझदारी गर्दै विभिन्न कामहरु अगाडी बढाईएको छ । सुकुम्वासी व्यवस्थापन कार्यलाई भुमि आयोग संगको समझदारीमा कामको गतिलाई बढाईएको छ । नगरपालिकाका सबै वडाहरुमा सडक संजाललाई ब्यवस्थित गर्न करिव २५ किलोमिटर सडक निर्माणको काम डिपिआर सम्पन्न गरि निर्माणको चरणमा छन ।
जग्गा बर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ । बर्दिया जिल्लामै कित्ताकाट हाम्रो पालिकाले खोलेर काम गरिरहेको छ । भुरिगाउँ बजारमा जनमासको चाप तथा बजारको सौन्दर्यलाई मध्यनजर गर्दै पुर्व पश्चिम राजमार्ग चौडा गर्ने कार्यकालागी बिशेष पहल गरिएको छ भने भित्री सडकको अधुरो काम सम्पन्न हुने क्रममा छ । गोदानामा पक्की पुल निर्माणका लागी ठेक्का प्रकृया सुरु भएको छ । मालपोत कार्यालयका कामलाई नगरपालिकाबाट हरेक बुधवार १ दिन सेवा दिईदै आईरहेका छौ । प्लाष्टिक न्यूनिकरण गर्न सम्मान तथा स्वागतमा प्रयोग गरिने खादा, व्याज प्रयोग बन्द गरिएको छ । चुनौतिको रुपमा रहेको फोहोर ब्यवस्थापनका लागी अस्थायी फोहोर ब्यवस्थापन केन्द्र मार्फत फोहोर ब्यवस्थापन गरीएको छ । छाडा गाईको व्यवस्थापन गरीएको छ । बिभिन्न प्रकारका बिशेषज्ञ सेवा सहितको स्वास्थ्य परिक्षण शिविरहरु संचालन गरिएको छ । मोतिबिन्दुका बिरामिहरुलाई आँखा शिविर संचालन गरि पालिकामा नै सेवा प्रदान गरिएको छ । हामिले अगाडी सारेका निति तथा कार्यक्रम पुरा हुने क्रममा छन ।
कडेल ठाकुरबाबा नगरपालिकाको नायव पशुसेवा प्राविधिक पदमा कार्यरत हुनुहुन्छ ।