ठाउँठाउँमा राखिएका हातधुने सरसफाई संरचना ब्यवस्थित गरौं
- बुधबार चैत ८ , २०७९
विन्दु चौधरी, बाँसगढी (बर्दिया) । बेस बर्दियाले सरसफाइ तथा स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना कार्यक्रमको संयूक्त अनुगमन तथा सल्लाहकार समितिसंग समिक्षा बैठक बाँसगढीमा सप्पन्न गरेको छ । वाटर एडको सहयोगमा संचालित सहमिलन परियोजना अन्तर्गत स्वच्छता ब्यबहार परिवर्तन सम्बन्धि अभियान १० जुन २०२२ देखि ३१ मार्च २०२३ मा सकिदैछ ।
स्वच्छता ब्यबहार परिवर्तन सहमिलन परियोजना अन्तरर्गत बाँसगढी नगरपालिकामा परियोजनाले निर्माण गरेको पहुँचयुक्त हातधुने स्थलको अनुगमन गरेको छ । बाँसगढी नगरपालिका वार्ड नं ४ को आधारभुत स्वास्थ्य केन्द्र बठुवा र वार्ड नं ६ को सर्वोदय आधारभुत विद्यालय सटहरियामा निर्माण गरेको हातधुने संरचना प्रयोगमा ल्याएपनि ब्यवस्थित र सरसफाई युक्त हुनुपर्ने अनुगमनमा सहभागीहरुले सुझाव दिएका थिए । समुदाय सम्म स्वच्छता ब्यबहार परिवर्तन सम्बन्धि सचेतना पुर्याउने उद्देश्यले संचालित परियोजनाको सहयोगमा स्वास्थ्य संस्था र खोप केन्द्र गरी १३ ठाउँमा सुबिधायुक्त हात धुने ट्यांकी सहितको स्टाण्ड र थपगरी १० वटा स्वास्थ्य केन्द्रमा हातहुने बेसिन र बिद्यालयमा गरि जम्मा २३ स्थलमा पहुँचयुक्त हात धुने स्ट्याण्ड र नगरपालिकाको सिफारिसमा मास्क र झोल सावुन बनाउने तालिम प्रदान गरेको थियो ।
स्वच्छता ब्यबहार परिवर्तनको अभियानमा बाँसगढी नगरपालिकामा तालिम प्राप्त ४० सामुदायिक विद्यालयको ५३ जना शिक्षक, ४ जना स्वास्थ्यकर्मी र १ सय ३ जना महिला स्वास्थ्य स्वंयमसेबिका परिचालन गरि ६ सय ४ वटा समुहमा करिब १७ हजार जनामा स्वच्छता ब्यबहार परिवर्तन सम्बन्धि सचेतना पुर्याएको परियोजना संयोजक डिल्ली बहादुर वलीले जानकारी दिनुभयो । शिक्षक र स्वास्थ्यकर्मी लाई समुदाय स्तरमा परिचालन गरि साबुन पानिले धातधुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, खानाको सुरक्षा गर्ने, पानी शुद्धिकरण गर्ने, चर्पिको सरसफाई गर्ने, महिनावारी सम्बन्धि स्वच्छता र पूर्ण कोभिड खोपको मात्रा बढाउने सम्बन्धि समुदायमा गएर जानकारी गराएको सहमिलन परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत मान बहादुर चौधरीले जानकारी दिनुभयो ।
बेस बर्दियाले स्थानिय तह, स्थास्थ्य शाखा र बिद्यालय संग समन्वय गरी स्वच्छता ब्यबहार परिवर्तन सम्बन्धि बिभिन्न गतिबिधी संचालन गर्दै आएको बताउदै हात धुने स्थल पहुँचयुक्तता परिक्षण कार्य सम्पन्न भएको परियोजनाका अनुगमन मूल्यांकन अधिकृत चौधरीको भनाई छ । कार्यक्रममा बेश बर्दियाका क्षेत्रिय अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा भएको अनुगमन तथा समिक्षा बैठ्कमा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरी, स्वास्थ्य शाखाका प्रमुख घनश्याम केसी, जनस्वास्थ्य निरिक्षक बलबहादुर विष्ट, महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापा, शिक्षा शाखाका सुशिला शाही, बाँसगढी नगरपालिका सुचना अधिकारी क्षितिज पौडेल, सहमिलन परियोजना फिल्ड सुपरभाईजर सपना कठरिया लगायतको सहभागिता रहेको थियो ।