बाघ आक्रमण क्षेत्र सुरक्षित गर्न लुम्विनी प्रदेश सरकारसँग माग
- मंगलबार चैत ७ , २०७९
भिमा कंडेल, बर्दिया । मधुवन नगरपालिका वडा नम्बर ५ स्थित चिरौटे सामुदायिक बनमा दाउरा खोज्न गएका गाउँ नम्वर १० निवासी ५५ बर्षिया समुन्द्री बुढाक्षेत्री र गाउँ नम्बर ९ निवासी ५० बर्षिया धनसरी गुरुङ बाघको आक्रमणमा परी मृत्यु भएको खबरले स्थानियहरु त्रासपूर्ण अवस्थामा छन् । दिउँसोको समयमा जंगल पुगेका उनीहरु धेरैबेर सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बाघले आक्रमण गरेको अवस्थामा दुवैको शव भेटिएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य जन्नजय तिमिल्सेनाले बर्दियामा भएको जंगली जनावरको आतंक कम गर्न सरकारको ध्यानार्कषण गर्न ज्ञापन पत्र बुझाउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिदा जंगली जनावरबाट निकुन्ज आसपासका जनता मर्कामा परेको बताउनुभयो । बाँके र बर्दिया जिल्लाको वनजंगल वरपर रहेका मानव बस्ती र जंगली जनावर विचको द्धन्द्ध न्युनिकरण गर्न जतिसक्दो चाँडो पक्की पर्खाल निमार्णको लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहान्छु उहाँको ज्ञापन पत्रमा उल्लेख छ । बाघको बासस्थानका लागि आवश्यक जंगलको क्षेत्रफल प्रर्याप्त नहुँदा बर्दियामा दिनप्रतिदिन मानविय क्षति हँुदै गएको छ ।
विशेष गरी बर्दिया राष्ट्रिय निकुन्ज र जैविक मार्ग अन्तरगत बस्तीसंग जोडिएको सामुदायिक वन तथा निकुन्ज आसपासमा मानव र वन्यजन्तुविचको द्वन्द बढ्दै गएको पाइएको छ । मानव र वन्यजन्तुको द्वन्द न्युनिकरणका लागि सरकारले दिर्घकालिन उपाय नअपनाउदा निकुन्ज आसपासका स्थानियले दिनहु सास्ती खेप्दै आएका छन । दिन प्रतिदिन जनावरबाट हुने क्षतीबाट जोगिन स्थानिय जनातालाई सुरक्षित राख्न सरकारले जतिसक्दो चाडो बैकल्पिक उपाय अपनाउन आवश्यक रहेको बताईएको छ ।
प्रदेश सभा सदस्य तिमिल्सेनाले बाघ लगायत जंगली जनावरबाट क्षति पुगेका स्थानीयलाई क्षतिपुर्ति रकम उपलब्ध गराउन प्रदेश सरकार समक्ष माग गर्नु भएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र राष्ट्रिय वनमा गरी सबैभन्दा धेरै बर्दियामा २७ जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन । जंगली जनावरबाट हुने क्षति न्यनिकरण गरी स्वतन्त्रपुर्वक बाच्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्ष गरिएको छ ।