fbpx

किशोरीलाई बालविवाह रोकथामसंगै उद्यमशीलता तालिम

किशोरीलाई बालविवाह रोकथामसंगै उद्यमशीलता तालिम

मुरली गोडिया, गुलरिया । गुलरिया नगरपालिका वडा नम्बर १२ कालीनगर कि शारदा थारु अहिले आफनै घरमै खाजा पसल संचालन गर्नु भएको छ । कुनै वेला घरको कामकाजमा सिमित हुनु भएको वहाँ अहिले हातमा सिप भएपछि खाजा नास्ता पसल संचालनमा ल्याउनु भएको हो ।

शारदालाई नास्ता खाजा तथा व्यवसाय सम्बन्धि तालिम गुलरिया नगरपालिकाले दिएको हो । भने बी ग्रुप संस्थाले नगद ३० हजार बराबरको आवश्यक समाग्री सहयोग गरेपछि उहाँले पसलको शुरुवात गर्नु भयो । हातमा सिप भएपछि आर्थिक उपार्जन गर्न सकिनेमा विश्वास गर्ने शारदा अब खाजा पसललाई बिस्तार गर्ने क्रममा हुनुहुन्छ । पसल सन्चालन कै अवस्थामा भए पनि आफ्नै जग्गामा कुखुरा पालन गर्ने र थप टहरा बनाइ पसललाई होटेलको रुपमा बिस्तार गर्ने क्रममा उहाँ हुनुहुन्छ । सीप न हुँदा आर्थिक अभाव झेल्ने गरेकि उहाँलाई अहिले परिवार चलाउन सहज भएको छ ।

सोही वडाको भैंसाही गाँउकी सम्झना थारुले गाँउमै मोबाईल मर्मत गर्ने पसल खोल्नु भएको छ । गाँउमै मोबाईल मर्मत पसल खोलेपछि गाँउका अधिकांश व्यक्तिहरु मोबाइल बनाउन उहाँकै पसलमा आउने गरेका छन । दैनिक ७–८ वटा मोबाइल बनाउन ग्राहक आउने गरेको उहाँले बताउनु हुन्छ । बि ग्रुप नामक संस्थाले मोबाईल मर्मत तालिममा उहाँलाई सहभागी गराए पछि गाँउमै पसल खोल्ने अवसर मिल्यो । कहिले काहीं दैनिक ३ हजार सम्म पनि आम्दानी हुने गरेको चौधरीको भनाई छ । यस्तै यौन तथा प्रजनन स्वास्थ र अधिकारको बारेमा विभिन्न किसमका क्रियाकलापहरु गरि बालबिवाह रोकथाममा समेत गर्दै आएको परिवर्तनका सम्वाहक समुह (सिओसी) मा सहभागी पुजा कुमारी चौधरीले बताउनु भयो ।

नेपाल सरकारले सन २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएपनि केवल गैरसरकारी संघसंस्थाले कार्यक्रम गरेर नुहुने बताउनु भयो । नेपाल सरकारको यो ठुलो अभियान सफल बनाउने स्थानिय सरकार, वडा सरकारले गाँउगाँउमा सचेतनाका कार्यक्रम ल्याइ समानुपातिक सहभागीतमा बालविवाह रोक्न् पर्ने उहाँले सुझाव दिनु भयो । यस्तै सोही गाँउका किशोरीहरुलाई संस्थाले सिलाई कटाई तालिम दिएपछि गाँउमै टेलर खोली कपडा सिलाई गर्न थालेका छन । ७ जनालाई तालिम दिएपछि गाँउका अन्य किशोरीहरु समेत पेशा प्रति आकर्षित भएपछि अहिले गाँउमै सामुहिक रुपमा टेलर्स खोलेर कपडा सिलाई कटाई गर्दै आम्दानी गर्न थालेका छन । शुरु शुरुमा थोरै आम्दानी भएपनि कमको गुणस्तरमा बृद्धि गर्न दोस्रो तहको तालिमको आवश्यकता रहेको तालिम लिएर टेलरिङ्गको काम गर्दै आउनु भएकी विष्णु चौधरीले बताउनु भयो ।

प्लान इन्टरनेशनल नेपाल र बि गु्रपको साझेदारीमा संचालित बाल बिवाह, छिटो बिवाह र जबर्जस्ती बिवाह रोकथाम परियोजना बर्दियामा संचालित छ । परियोजनाले १० देखी १५ उमेर समुह र १६ देखी २४ वर्ष उमेर समुहका किशोर किशोरिहरुको परिवर्तनका सम्वाहक समुह गठन गरि गाँउ गाँउमा प्रत्येक साताको शनिबार कक्षा संचालन गर्ने गरेको छ । वि–गु्रपले युवा महिलाहरुको लागी सिपमुलक तालीम दिइ व्यवसायी जोड्ने र अध्ययन गर्ने किशोरकिशोरीलाई बालविवाह बारे समाजमा सचेतना फैलाउने कार्य गर्दै आएको फिल्ड सुपरभाइजर शान्ता रसाइलीले जानकारी गराउनु भयो । प्लान इन्टरनेशनल नेपाल र बि.गु्रपको साझेदारीमा संचालित बाल बिवाह, छिटो बिवाह र जबर्जस्ती बिवाह रोकथाम परियोजना मार्फत भएगरेको क्रियाकलापको संयुक्त अनुगमन समेत गरिएको छ ।

गुलरिया नगरपालिकाकी नगरउपप्रमुख सावित्रा गौतमका नेतृत्वमा गएको अनुगमन टोलीले परिवर्तनका सम्वाहक समुह (सिओसी), मोबाईल पसल संचालन, खाजानास्ता पसल संचालन, सिलाई कटाई गर्ने तथा घरनिर्माणमा प्रयोग हुने मार्वल टायल बनाउने किशोरीसंग प्रत्यक्ष कुराकानी गरिएको छ । संस्थाले गरेको कार्यको प्रशंसा गर्दै प्रारम्भिक तालिम लिएकालाई पालिकाले दिइने दोस्रो तहको तालिममा सहभागी गराइने उप प्रमुख गौतमले बताउनु भयो । केवल तालिम लिएर बस्ने होइन तालिम लिएर आर्थिक रुपमा आत्मनिर्भर बन्ने तवरले कार्यगर्न संस्थालाई उपप्रमुखले आग्रह गर्नु भयो । कुनै पनि तालिमले दिर्घकालिन रुपमा परिवार पाल्न तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने गरि कार्यक्रमहरु संचालन गर्नुपर्ने उहाँको जोड थियो ।

तपाइको मत