रासायनिक मलको अनुदान कटौती फिर्ता गर्न राप्रपाको माग
- मंगलबार चैत ७ , २०७९
मुरली गोडिया, गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीले किसानले रासायनिक मलमा पाउदै आएको अनुदान घटाउने र मूल्य वृद्धि गर्ने निर्णय अदुरदशी, अमानवीय र अनुचित भएको बताएको छ । कृषिजन्य वस्तुको उत्पादन लागत बढेको अवस्थामा यसले किसानलाई थप उत्पादन लागत भार बढाई छिमेकी देशहरुको उत्पादनसंग प्रतिस्पर्धा गर्न नसक्ने थप जोखिम बढाएको ठहर गरेको छ ।
सोही सन्दर्भमा सोमबार जिल्ला प्रशासन कार्यलय बर्दियामा ज्ञापन पत्र बुझाइएको राप्रपा बर्दियाका अध्यक्ष भीम बहादुर बोहराले जानकारी गराउनु भयो । माग बमोजिम खेती गर्ने समय अगावै मल आपूर्ति गर्न नसकेको अवस्थामा गरिएको अनुदान कटौतीको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना गर्दछ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । अनुदान कटौती तथा मूल्य वृद्धि सम्बन्धी निर्णय तत्काल फिता लिन, सर्व सुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन राप्रपाले माग गरेको छ ।
अध्यक्ष बोहराद्धारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ “मल आपतिको दीर्घकालिन समस्या समाधानका लागि देशभित्र रासायनिक मल स्थापनाको प्रक्रिया तत्काल प्रारम्भ गर्न र किसानवाट उत्पादित वस्तुको उचित मूल्य र बजारको व्यवस्था गर्न राप्रपा सरकारको गम्भिर ध्यानाकर्षण गराउदछ ।” नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन २६ रासायनिक मलको अनुदानमा कटौती र मूल्य वृद्धि सम्बन्धि निर्णय गरेको थियो । सरकारले अनुदान कटौतीको निर्णय पुनः फिर्ता लिएको छ ।