चुरेक्याम्पस बगनाहाको अध्यक्षमा विश्वास शाह निर्वाचित
- सोमबार चैत ६ , २०७९
भिमा कंडेल, बर्दिया । चुरेक्याम्पस बगनाहाको अध्यक्ष पदमा संयुक्त प्यानलबाट नेपाल विद्यार्थी संघका विश्वास शाह निर्वाचित हुनु भएको छ । अनेरास्ववियुका धिरेन्द्र धिताललाई पराजितगर्दै शाह निर्वाचित हुनुभएको छ ।
शाहले १ सय ८४ र धितालले ५२ मत प्राप्त गर्नु भएको छ । सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का पार्वती न्यौपानेले १ सय ७० मत प्राप्तगरी ६५ मत प्राप्त गरेका अनेरास्ववियुका उदिप चौधरीलाई गरी पराजित गर्नु भएको हो । कोषाध्यक्षमा नेविसंघ पुजा कुस्मा थारुले १ सय ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । कोषाध्यक्ष पदका अनेरास्ववियुका उम्मेदवार विनिता थारुले ५० मत प्राप्त गर्नु भएको छ ।
सदस्यहरुमा नेविसंघबाट टिका विक, निश्मा थारु, अनेरास्ववियु (क्रान्तिकारी) बाट अन्जु थारु, रन्जिता थारु र अखिल क्रान्तिकारी (विप्लव) बाट संगीता न्यौपाने निर्वाचित हुनु भएको छ । समानुपातिक तर्फ नेविसंघ १ सय ५७, अनेरास्ववियु ५१, अखिल क्रान्तिकारी २६ र अखिल क्रान्तिकारी (विप्लव) ४ मत प्राप्त गरेका छन् । निर्वाचनमा २ सय ४० मत खसेको थियो ।