बढैयाताल गाउँपालिकामा ढाका बुनाई तालिम शुभारम्भ
- सोमबार चैत ६ , २०७९
दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा ढाका कपडा बुनाई सम्बन्धी तालिम शुभारम्भ भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजना तथा स्पन्दन नेपाल बढैयातालको समन्वयमा साढे २ महिने ढाका कपडा बुनाई तालिम शुरु गरिएको हो ।
बढैयाताल गाउँ पालिका वडा नं ८ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति तेजनाथ पौडेलले कार्यक्रमको उद्धघाटनगर्दै मौलिकतामा आधारित ढाका कपडा बुनाई तालिम आर्थिक समृद्धिको आधारबन्दै बर्दिया लगायत बढैयातालको पहिचान बढाउन अहम भुमिका रहने बताउनु भयो । घरेलु तथा तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख बिश्वलाल खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकासपार्दै बर्दिया जिल्लामा ढाका कपडा सम्बन्धी तालिम पहिलो भएको जनाउनु भयो ।
तालिमका सहभागिहरुको उत्साहले नै कार्यालयबाट साढे दुई महिनाको तालिम औपचारीक रुपमा शुरु गरिएको प्रष्ट्याउनु भयो । तालिमको प्रभाबकारीता सहभागिमा भर पर्ने भन्दै सहभागिले सिपमा निखारता ल्याउनु पर्ने, सिप प्रतिफल युक्त हुनुपर्ने र सिपालु जन शक्तिको बिकास गर्नु पर्नेमा उहाँको जोड छ । स्पन्दन नेपालले शुरु गरेको तालिमलाई निरन्तरता दिन घरेलु तथा साना उद्योग कार्यालयले चैत्र २ गते देखि ०८० जेष्ठ १७ गते सम्म तालिम सञ्चालन हुने उद्योग कार्यालय बर्दिया अधिकृत पुर्णमान वलीले जानकारी दिनु भएको छ ।
तालिमको लागि प्रशिक्षकको पारिश्रमिक, कच्चा पदार्थ र सहभागिको नास्ता सहितको ब्यबस्थापन घरेलु कार्यालय र तालिम हल तथा उपकरणको ब्यबस्थापन स्पन्दन नेपालले गर्ने संस्थाकी अध्यक्ष निलम गौतमले बताउनु भयो । तालिमका सहभागि ११ जना महिलाले तालिम अबधिमा साडी, धोति, कोट पाईन्ट, कुर्ता सुरवाल, सल, सट लगाएतका ढाका कपडा बुन्न सक्ने तालिमका प्रशिक्ष दलबहादुर तामाङको दाबी छ ।