fbpx

पोषण सुधार गर्न स्थानीय सरकारको महत्वपुर्ण जिम्मेवारी

पोषण सुधार गर्न स्थानीय सरकारको महत्वपुर्ण जिम्मेवारी


विष्णु अधिकारी, बर्दिया । ५ बर्ष मुनिका बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्थानीय पालिकाको महत्वपुर्ण जिम्मेवारी रहेको सरोकारवाला पक्षले उठाएका छन् । परियोजनाको जिल्ला स्तरिया अर्धवार्षिक समिक्षा तथा छलफल कार्यक्रममा सो कुरा उठेको हो ।

बालबालिकाको समग्र विकासका लागि उनीहरुको पोषण पनि महत्वपुर्ण रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरिले बताउनु भएको छ । बालबालिका गर्भमा रहेको ६ हप्ताबाट नै पोषणको महत्व रहेकाले गर्भवती महिलाले पनि बालबालिकाको विकासको लागी उचित पोषणको आवश्यकता हुन्छ । प्लान इन्टरनेशनलको सहयोग तथा थारु महिला उत्थान केन्द्र बर्दियाको सहकार्यमा बर्दियामा संचालित बालबालिकाको सपना परियोजनाको जिल्ला स्तरिय अर्धवार्षिक समिक्षा कार्यक्रममा प्रमुख गिरीले बालबालिकाको परियोजनाले बालबालिकको स्वास्थ्यका सुचकहरुलाई पनि जोडेको बताउनु भयो ।

बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकामा पाइलटिङ्ग कार्यक्रमको रुपमा सपना परियोजना २०२० देखि संचालनमा आएको छ । बालबालिकाको हेरचाह र वृद्धि विकासमा आमाको साथसाथै बुवाहरुको पनि भुमिका अपरिहार्य रहेको छ । बालबालिकाको विकासका लागि अभिभावकको महत्वपुर्ण भुमिका रहने अभिभाभवले जानकारी पाएका छन् । समुदायमा नमुना बुवाको रुपमा बालबालिकाका बुवाले पनि भुमिका निर्भाह गरेको पाइएको छ ।

परियोजनाले समुदायमा अत्यन्तै प्रभावकारी भुमिका निभाएको कार्यक्रममा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । परियोजना मार्फत बालबालिकाले खाने पोषणमा सुधार ल्याई घरमै उत्पादन हुने पौष्टिक आहारलाई महत्व दिई जंक फुडको प्रयोगमा कमी आएको थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताउनु भयो । घरकै खाना, घरकै खेलौना र बालबालिकाको हेरचाहका लागि पुरुषको सहभागितालाई कसरी जोड्ने भन्ने परियोजनाको मुल उद्देश्य रहेको छ ।

बालबालिका भोलीका कर्णधार हुने भएकाले उनीहरुको वृद्धिविकासका लागि अभिभावक र राज्य दुबैको अहम भुमिका रहेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका प्रवक्ता विनय राजभण्डारीले बताउनु भयो । बालबालिकाको मस्तिष्क विकास ५ बर्ष भित्र हुने भएकाले प्रारम्भिक सिकाईका लागि बजेट छुट्टाउन जिल्ला समन्वय समितिले पालिकासँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाई छ । बालबालिकाको उचित स्याहारका लागि स्थानीय पालिकाले स्वास्थ्य, पोषण तत्व, उत्तरदायित्व व्यवहार, सुरक्षा तथा संरक्षण र प्रारम्भिक बाल सिकाई आवश्यक रहेकोले बजेट छुट्याइ काम सुरु गर्नुपर्ने जिल्ला स्तरिय अर्धवार्षिक समिक्षा तथा छलफल कार्यक्रममा सहभागिहरुले उठाएका छन् ।

तपाइको मत