fbpx

मनुषा टिकासिंह थापा क्याम्पस भुरिगाउँमा नेविसंघको संयुक्त प्यानल विजयी

मनुषा टिकासिंह थापा क्याम्पस भुरिगाउँमा नेविसंघको संयुक्त प्यानल विजयी


भिमा कंडेल, बर्दिया । स्वतन्त्र विद्यार्थी युनियन मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पस भुरिगाउँमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल विजयी भएको छ । स्ववियू अध्यक्ष पदमा नेविसंघका शैलेस खनाल ९१ मत प्राप्त गरी विजयी भएका छन् ।

अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी स्वतन्त्र विद्यार्थी समूहका आयुस थारुले ७४ र अर्का प्रतिस्पर्धी अनेरास्ववियूका आर्जन रिजालले ७२ मत प्राप्त गर्नु भएको छ । सचिवमा अनेरास्ववियु (क्रान्तीकारी) का किसन थारुले ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ । सचिवका प्रतिद्वन्दी प्रमिला चौधरी (अनेरास्ववियु) ८० र रमा थारु (स्वतन्त्र) ५८ मत प्राप्त गर्नु भएको छ ।

कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) बाट हरिमाया थारुले ९२ मत प्राप्त गरी विजयी हुनु भएको छ । प्रतिद्वन्दी ललिता थारु (अनेरास्ववियु) ७२ र निराजन थारु (स्वतन्त्र) ६३ मत प्राप्त गर्नु भएको छ । सदस्यहरुमा शारदा विक, रामजनम थारु, आशिष मगर, कमला विक, कालिका थारु विजयी हुनु भएको छ । कुल २४६ मत खसेको थियो ।

तपाइको मत