बाँसगढी उद्योग बाणिज्य संघको अध्यक्षमा बद्रिनाथ बराल
- आइतबार चैत ५ , २०७९
विन्दु चौधरी, बाँसगढी (बर्दिया) । बाँसगढी उद्योग वाणिज्य संघको अध्यक्षमा बद्रिनाथ बराल निर्वाचित हुनुभएको छ । संघको तेस्रो अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा प्रतिस्पर्धी नर बहादुर वलीलाई पछिपार्दै बराल निर्वाचित हुनु भएको हो ।
बरालले ५ सय ६० मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी वलीले ४ सय ५४ मत प्राप्त गर्नुभएको छ । यसअघि बराल संघको वरिष्ठ उपाध्यक्ष रहनु भएको थियो । त्यस्तै बरिष्ठ उपाध्यक्ष पदमा शिव देवकोटा निर्वाचित हुनुभएको छ । देवकोटा ५ सय ७९ मत ल्याउदा उहाँको प्रतिस्पर्धी मायाँ कुमारी पौडेलले ४ सय ५ मत ल्याउनु भयो । उद्योग उपाध्यक्षमा खेमराज भट्टराईलाई पराजित गर्दे बिष्णु ढकाल बिजयी हुनु भएको छ । वाणिज्य उपाध्यक्षमा इन्द्रजित बुढाक्षेत्रीले गोविन्द बहादुर हमाललाई पराजित गर्दे बिजयी हासिल गर्नुभएको हो ।
महिला उपाध्यक्ष मनु अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले बिजया कुमारी शर्मालाई पराजित गर्नुभयो । महासचिवमा भोजराज शर्मालाई हराउदै बिकास गौतम निर्वाचित हुनु भएको छ । सचिवमा यज्ञ बहादुर वलीलाई पराजितगर्दै प्रेम नारायण पौडेल निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा सरोज कुमार थारुलाई पराजित गर्दै शेरबहादुर सुनार विजयी हुनुभएको छ । त्यस्तै सहकोषाध्यक्षमा गायत्री कुमारी पौडेललाई पछिपार्दै सुनिल अधिकारी विजयी हुनुुभएको छ । सदस्यहरुमा महेश अधिकारी, शान्ता प्रभा अधिकारी, ललिता ढकाल, सन्जु कुमार वली, तिलनाथ शर्मा, बाबुराम थारु, विनोद अधिकारी, श्याम प्रसाद पाण्डे, सुशिल बराल, सियाराम थारु र राजु चौधरी निर्वाचित हुनुभएको छ ।