बढैयातालमा पालिका स्तरिय अध्यक्ष कप फूटबल प्रतियोगिता
- आइतबार चैत ५ , २०७९
दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । बर्दिया जिल्ला पालिकास्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता ०७९ बढैयातालमा शुरु भएको छ । लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर थारुको प्रमुख आतिथ्यता तथा बढैयाताल गाउँपालिका वडा न. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा शनिवार खेलको उद्धघाटन भएको हो ।
कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र र बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उद्धघाटन खेलमा ठाकुरबाबा नगरपालिका लाई ३—१ गोल अन्तरले पराजित गर्दै मधुवन नगरपालिका प्रतियोगितामा बिजयी भएको छ । जीतसंगै मधुवन सेमिफाइनलमा प्रबेश गरेका छ । बढैयाताल गाउँ पालिका ८ स्थित मयुर युवा क्लबको खेल मैदान स्थित नयाँ वस्तीमा भएको उद्धघाटन खेलका मुख्य रेफ्रि कृष्ण गोपाल चौधरी र सहायक रेफ्रिद्वय सुदिप घर्ति र शिब प्रसाद अधिकारीले खेल सञ्चालन गर्नु भएको थियो ।
मधुवनबाट जर्सि न. ७ का खेलाडी शम्भु थारु म्यान अफ दि म्याच घोषित हुनु भएको छ । उहाँलाई प्रदेश सदस्य भुवनेश्वर थारु र बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले एक हजार पाँच सयको चेक हस्तान्तरण गर्नु भएको मयुर युवा क्लबका प्रशिक्षक बिबेश गुरुङ्गले जानकारी दिनुभयो । प्रतियोगिताको दोश्रो दिनको खेल आईतबार बाँसगढी नगर पालिका र गेरुवा गाउँ पालिका बिच दिनको २ बजे मयुर यूवा क्लबको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता हुनेले १ लाख र उप बिजेताले ५० हजार नगद मेडल, शिल्ड र प्रमाण पत्रको ब्यबस्था तथा बिभिन्न बिदामा उत्कृष्ठ खेलाडी लाई समेत आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।
चेत्र ४ गते देखि ११ गते सम्म संचालन हुने चौथो संस्करणको अध्यक्ष कप फुटवल प्रतियोगितामा बर्दिया जिल्लाका ६ नगरपालिका र २ गाउँपालिका सहित ८ पालिकाका टिमले भाग लिएका छन् । बढैयातालका जन प्रतिनिधि, शिक्षक, अखिल नेपाल फुटवल संघका उपाध्यक्ष कुमार के.सी, जिल्ला फुटवल संघ बर्दियाका अध्यक्ष अजित राजभण्डारी, संघ सस्थाका प्रतिनिधि, सहयोगदाता, सुरक्षाकर्मी, खेलाडी तथा खेल प्रेमी लगाएतको उपस्थिति रहेकोे उदघाटन कार्यक्रममा कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठले स्वागत र हिक्मत सुनारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।