fbpx

प्रथम अन्तराष्ट्रिय थारु सम्मेलन बर्दियाको भुरिगाउँमा शुरु

प्रथम अन्तराष्ट्रिय थारु सम्मेलन बर्दियाको भुरिगाउँमा शुरु


विन्दु चौधरी, बाँसगढी (बर्दिया) । प्रथम अन्तराष्ट्रिय थारु सम्मेलन शनिबारदेखि बर्दियामा शुरु भएको छ । प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले समुद्घाटन गर्नुभएको सम्मेलन बर्दियाको भुरिगाउँमा आईतबार सम्म चल्ने बताईएको छ ।

नेपाल र भारतको थारुहरुको विचमा औपचारिक सम्बन्ध स्थापित गर्ने उदेश्यले अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको आयोजक सस्थाले जनाएको छ । मिल्क हम्र ढिउर पाइसेक्बी भन्ने नारासंगै शुरु भएको सम्मेलनमा नेपाल र भारतको थारु बृद्धिजीवीहरुको सहभागिता रहेको छ । प्रथम थारु अन्तराष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक श्रवणकुमार चौधरीको सभाध्यक्षता भएको सम्मेलनको उद्घाटन समारोहमा भारत उत्तराखण्डको विद्यायक गोपाल सिंहराणा, नेपाल स्थित भारतिय दुताबासका हेडअफ चान्सलर करण बंशल, नेपालका पुर्वमन्त्री रामजनम चौधरी, गोविन्द चौधरी, थारु आयोगका सदस्यहरु डा.उमाशंकर चौधरी, सुबोध सिंह थारु, लगाएतका अथितीहरुको सहभागिता रहेको थियो ।

आईतबार हुने बन्द सत्रमा संयूक्त रुपमा भाषिक, साँस्कृतिक योजना, राजनितिमा थारुहरुको सहभागिता, शैक्षिक र पर्यापर्यटनको विकासमा साझा मुद्धा पहिचान गर्ने र साझा घोषणा पत्र तयार गर्ने आयोजकले जनाएकोे बढै्याताल गाउँपालिका नगर बडघर प्रशुराम चौधरीले जानकारी दिनु भएको छ ।

तपाइको मत