fbpx

बाँसगढी बाणिज्य संघको मतदान सम्पन्न, आजै मतगणना गरिने

बाँसगढी बाणिज्य संघको मतदान सम्पन्न, आजै मतगणना गरिने


विन्दु चौधरी, बाँसगढी । बाँसगढी उद्योग बाणिज्य संघको नयाँ कार्य समितिका लागि शनिवार भएको निर्बाचनको मतदान कार्य सम्पन्न भएको छ । निर्बाचन अधिकृत कमल प्रसाद पाण्डेका अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ४ बजे सकिएको हो ।

संघको निर्वाचन नेरा मावि बाँसगढीमा भएको थियो । संघका १ हजार २ सय ८४ जना मतदाता मध्ये १ हजार ३७ मत खसेको अधिकृत पाण्डेले जानकारी दिनु भएको छ । बाँसगढी उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि बद्रिनाथ बरालको नेतृत्वमा लोकतान्त्रिक समाबेशी स्वतन्त्र ब्यवसायीक प्यानल र नर बहादुर वलीको नेतृत्वमा लोकतान्त्रिक समाबेशी प्यानल चुनाबी मैदानमा उत्रिएको थियो ।

दुबैले आफनो प्यानलले जित्ने दाबी गरेका छन । दुबै प्यानलका उम्मेदवारहरुको समझदारीमा शनिवार साँझदेखि नै मतगणना कार्य शुरु गरिने बताईएको छ । बाँसगढी उद्योग बाणिज्य संघको आफ्नै भवनमा सर्वदलिय वैठक पश्चात मतगणना गरिने भएको छ ।

तपाइको मत