राजापुरमा सामुदायिक बिद्यालयको संयुक्त अनुगमन
- बिहिबार चैत २ , २०७९
चुरेकुञ्ज, बर्दिया । राजापुर नगरपालीकामा सामुदायिक बिद्यालयको संयुक्त अनुगन गरिएको छ । पालिका अन्र्तगत वडा नं ३ र ९ मा रहेका दुर्गा भवानी प्राथमिक बिद्यालय, बागेश्वरी प्राथमिक बिद्यालयको सरोकारवालाद्वारा संयुक्त अनुगमन भएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालीकाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेले संचालन गरेको सिकाई परियोजना अन्तर्गत रहेर कार्यक्रम संचालन भएका बिद्यालयमा राजापुर नगरप्रमुख एवम शिक्षा समितीका संयोजक दिपेश थारुको संयोजकत्व, शिक्षा शाखा प्रमुख तथा संस्थाका कार्यसमिती पदाधिकारी तथा कर्मचारी लगायतका सरोकारवालाले अनुगमन गर्नुभएको छ । अनुगमनबाट बिद्यालयमा सस्थाबाट संचालन भएका परियोजना देखि भए गरेका असल अभ्यासहरुलाइ प्रत्यक्ष अनुगमन निरिक्षण गरिएको छ ।
पुर्व प्राथामिक तहका कक्षाहरुलाइ बाल तथा लैगिक मैत्री बाताबरणमा कक्षा शिक्षण सिकाइ गतिबिधि संचालन भएको राजापुर नगरपालीका प्रमुख दिपेश थारुले बताउनु भयो यस प्रकारको अनुगमन निरिक्षण तथा राम्रा अभ्यासहरुलाइ अन्य बिद्यालयमा पनि लैजाने र शिक्षातर्फको बिकासका लागी पालीकाले योजना बनाएको बताउनु भयो । सस्थाले बिद्यालयको स्तर र शिक्षाको गुणस्तर बृद्धि गर्न प्लानको सहयोगमा स्याक नेपालले गरेको कार्यक्रम उपलब्धीमुलक रहेको भन्दै नगरप्रमुख थारुले प्लान र स्याकलाई धन्यवाद समेत दिनुभयो । उहाँले आगामी दिनमा पनि काम गर्न अनुरोध गर्दै नगरपालीकाले समन्वय सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
अनुगमनकै क्रममा दुर्गा भवानी प्राथामिक बिधालयको प्रधानाध्यापक शान्ती चौधरीले स्याकमार्फत बिद्यालय संचालनका लागि धेरै सहयोग भएको बताउनुभयो । नमूना बिद्यालय निर्माण गर्न स्याक नेपालको महत्वपूर्ण भूमिका रहेको छ । चौधरीले भन्नुभयो, आगामी दिनमा समेत निरन्तर सहयोग भए विद्यालयलाई थप उत्कृष्ट बनाउन सक्छौं । सोही क्रममा खेलकुदका लागि अभाव देखिएको खेल मैदानको व्यवस्थापन गरिदिन नगरपालीका नगरप्रमुखसंग उहाँले अनुरोध पनि गर्नुभयो । सस्थाले परियोजना मार्फत गरेका हरेक गतिबिधीहरुमा राजापुर नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखाले सहजिकरण, समन्वय सहकार्यमा कामलाइ अगाडी बढाइरहेको छ । सस्थाले संचालन गरेका हरेक कृयाकलाप शिक्षा शाखाको प्रैरवी तथा समन्वय रहने गरेको बताईएको छ ।
अनुगमनमा नगरपालीका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी, स्याक नेपालका कार्यसमिति सदस्य बबीता सिंह, सिता काफ्ले सिकाई परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, सुपरभाईजर रेणु चन्द तथा दशलाल चौधरी लगायतको सहभागिता रहेको थियो । स्याक नेपालले सिकाई परियोजनामार्फत बिगत ४ वर्ष देखि बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागी शिक्षकहरुको पेशागत क्षमता बिकास तालिम, शिक्षा योजना निर्माण, शिक्षा निति निर्माण, स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला, अभिभावक शिक्षा कार्यक्रम, सिकाइमा कमजोर भएका बालबालीकाहरुको सिकाइ बृद्धिका लागी श्रोत कक्षा संचालन जस्ता गतिबिधिहरु संचालन गरेको थियो ।