ठगिएपनि उपभोक्ताहरु घरेलु कार्यालयमा गुनासो नै गर्दैनन्
- बुधबार चैत १ , २०७९
केशव कोईराला, बर्दिया । बिश्व उपभोक्ता अधिकार दिवसको अबसरमा बर्दियाको राजापुरमा सचेतना कार्यक्रम गरिएको छ । बर्दिया उद्योग बाणिज्य संघ राजापुरको समन्वय, घरेलु तथा साना उद्योग कार्यालय गुलरियाको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपभोक्ताले कस्तो खाद्य बस्तु प्रयोग गर्ने, उपभोक्ताको अधिकार के हो, उपभोक्ता ठगीएमा कानुनी उपचार के भन्ने विषयमा घरेलु तथा साना उधोग कार्यलय गुलरियाका प्रमुख उद्योग अधिकृत बिश्व लाल खड्काले कार्यपत्र प्रस्तुत गर्नु भयो । उपभोक्ताले गुनासो नै नगर्ने प्रमुख चुनौती भएको भन्दै उहाँले उपभोक्ता स्वयं चनाखो बन्नुपर्ने खाँचो औल्याउनु भएको छ ।
बिगतको तुलानामा भन्दा यस वर्ष बजार अनुगमन गर्दा नाप, तौल, गुणस्तर मूल्य सुचीमा सुधार आएको अधिकृत खड्काको भनाई छ । कार्यक्रममा बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष केदार थापा निबर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मी, बरिष्ठ उपाध्यक्ष माधबी केसी, महासचिव लोकराज ढुङ्गाना, बालाबजार ब्यबस्थापन समितिका अध्यक्ष अंगे्रज चौधरी, व्यापारी उपभोक्ता संचारकर्मी सहभागी थिए ।