fbpx

पञ्चेबाजा संरक्षणार्थ बढैयातालमा सामाग्री हस्तान्तरण

पञ्चेबाजा संरक्षणार्थ बढैयातालमा सामाग्री हस्तान्तरण


दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिका वडा नम्बर ८ ले मौलिक पञ्चे बाजाको संरक्षण र प्रर्बद्धन गर्न पञ्चेबाजाका सामाग्री हस्तान्तरण गरेको छ । संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पञ्चेबाजाको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले वडा कार्यालयले पञ्चेबाजामा चाहिने एक सेट सामाग्री हस्तान्तरण गरेको हो ।

पछिल्लो पुस्तामा परम्परागत मौलिक बाजाभन्दा पनि आधुनिक बाजा प्रति आर्कषण बढ्दै जाँदा पुरानो संस्कृति र परम्परागत बाजाहरु पनि ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ । स्थानिय दलित अगुवाहरुले आफ्ना रैथाने पुर्खौली मौलिक पञ्चेबाजाको संरक्षण गर्न वडा कार्यालयमा राखेको प्रस्ताबको सुनुवाईगर्दै पञ्चे बाजामा आवाश्यक दमाह, झ्याली, ट्याम्को, ढोलकी, सहनाई र कर्नल गरी ६ प्रकारका सामाग्री पञ्चेबाजा संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष भागिरथ सुनारलाई वडा अध्यक्ष तेजनाथ पौडेलले हस्तान्तरण गर्नु भएको वडाले जनाएको छ ।

करिब २०/२५ वर्ष पहिला साबिक कण्ठपुर, पचासा र मुनालबस्ती गाउँ पञ्चे बाजाको लागि प्रख्यात ठाउँ मानिन्थ्यो अचेल बाजा बजाउने शीप र कला भएका ब्यक्ति भेट्न मुस्किल पर्छ । पुराना लोक संस्कृतिको धरोहर मानिएका अग्रज पुस्ताको अन्त्य संगै नयाँ पुस्तामा परम्परागत कला, शीप र संस्कृति हस्तान्तरण हुन सकेन । केही जीवित पुराना पुस्ताबाट नयाँ पुस्तामा कला र शीप हस्तान्तरण गर्दै नेपालको मौलिक लोक संस्कृति झल्काउने पञ्चेबाजाको संरक्षणमा दलित अधिकारकर्मी सकृय रुपमा लागेको बाजा समुहका सदस्य राम बहादुर बि.कले बताउनु भयो ।

बढैयाताल गाउँ पालिका वडा नम्बर ८ ले आयोजना गरेको लक्षित बर्गलाई सामाग्री बितरण कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले सामाग्री हस्तान्तरणको अवसरमाबोल्दै वर्षौदेखि चल्दै आएको लोपोन्मुख मौलिक पञ्चेबाजाको जगेर्ना गर्नाको सट्टा यूवा पुस्तामा मौलिक पन धरासायी बन्दै गएको हुँदा परम्परागत शीप र कलाको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । पञ्चेवाजा नेपाली धार्मिक एवं सांस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलीक बाजा हो ।

यो वाजा विभिन्न धार्मिक तथा सामाजिक उत्साबमा बजाउने गरिन्छ । विवाह, व्रतवन्ध, चाडपर्व, जात्रा, उत्सव, रोपाई, पुजाआजा आदीमा पञ्चे बाजा बजाउने प्रचलन छ । पञ्चेवाजा सबैभन्दा प्रचलित वाजा भएकोले बाजाको महत्वको बारेमा नयाँ पुस्तामा हस्तान्तरण र संरक्षण गर्न स्थानिय तहले बार्षिक रुपमा बजेटको ब्यबस्था गर्नु पर्ने दलित अगुवाहरुको भनाई रहेको छ । ८ का वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको लक्षित बर्गलाई सामाग्री बितरण कार्यक्रममा स्थानिय जन प्रतिनिधि, समाजाजिक संघ संस्थाका प्रतिनिधी सुरक्षा निकायका प्रतिनिधी सहकारी तथा सामुदायिक बनका प्रतिनिधी दलित अधिकारकर्मी लगाएको सहभागिता रहको वडा सचिब स्वस्तिका पौदडेलले जानकारी दिनु भएको छ ।

तपाइको मत