बर्दिया अस्पतालमा हाईड्रोशीलको शल्यक्रिया
- मंगलबार फाल्गुण ३० , २०७९
यादव आचार्य, गुलरिया । हाईड्रोशीलको शल्यक्रियाका लागि ओटीमा पालो कुरेर बसेका मुधवन नगरपालिका निवासी दुर्गा बहादुर थापा जिल्लाकै अस्पतालमा निःशुल्क उपचार पाउँदा खुशी छन् । हाईड्रोशील पुरुषहरुको लागि समस्याको रुपमा रहेको छ । डरले गर्दा १० बर्ष देखि उपचार नगराई बसेको थिए । गाउँठाउँकै अस्पतालमा उपचार हुने भएपछि शल्यक्रिया गर्न थालेको हुँ ।
उनले भने हाईड्रोशीलका कारण दौडधुप तथा गह्ुँगो काम गर्न अफ्ठेरो हुने गर्छ । शारिरिक अवस्था असामान्य देखिने भएकाले कपडा लगाउँदा समेत समस्या पर्छ । अस्पतालमा निःशुल्क शल्यक्रिया गर्न पाउँदा हामी लाभान्वित र खुशी छौं । अण्डकोष अप्राकृतिक रुपमा बढ्नु पुरुषहरुको लागि पिडादायी अवस्था हो । बिभिन्न कारणले अण्डकोष बढेका पुरुषहरुमा हाईड्रोशील समस्याको रुपमा देखिने गर्छ ।
पुरुषहरुमा अण्डकोषको आकार सामान्य भन्दा ठूलो हुनु अप्राकृतिक मानिन्छ । अण्डकोष असामान्य आकारमा बृद्धिभई हाईड्रोशीलको अवस्थामा पुगेपछि शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने हुन्छ । नेपाल सरकारले चालु बर्षमा बर्दिया अस्पताल गुलरियालाई १ सय २० जनाको निःशुल्क हाईड्रोशील अपरेशनको लागि कोटा दिएको बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायले बताए । कोटा अनुसार उपचारसँगै शल्यक्रिया गर्ने कार्य सम्पन्न भएको छ । उपचारमा आएका बिरामीको स्क्रिनिङ लगायत अपरेशनको मिति तोक्दै शल्यक्रिया गरिएको उनले बताए ।
एउटा अप्रेशनलाई कम्तीमा २० मिनट समय लाग्दै भएकाले प्रत्येक सातामा हाईड्रोशीलको शल्यक्रिया गरेका हौं । शल्यक्रिया गरिएका बिरामीहरुलाई रातभरीको अभजरभेशन पश्चात डिस्चार्ज गरिन्छ । डिस्चार्ज गरिएका बिरामीलाई ड्रेसिङसँगै फलोअपको लागि चेकजाँचमा बोलाउँछौं । उनले भने हाईड्रोशील फाईलेरिया मात्र नभई विभिन्न कारणले हुने गर्छ । पुरुषहरुले अण्डकोषलाई ईन्फेक्सन हुनबाट जोगाउनु आवस्यक हुन्छ । त्यस्तै ट्रमाहरुबाट पनि जोगिनु पर्छ । अण्डकोषमा हुने समस्या, चोटपटक लगायतको उपचार समयमै गर्न सके हाईड्रोशीलबाट केही हद सम्म जोगिन सकिने डा. उपाध्यायको भनाई छ ।
पछिल्लो समय नेपालका पुरुषहरुमा हाईड्रोशीलको समस्या बढेको बर्दिया अस्पताल गुलरियाका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए । यसको प्रभावकारी उपचार पद्धति भएपनि वेवास्ताका कारण रोग जटिल अवस्थामा पुग्ने गरेको छ । पुरुष जनेन्द्रिय अण्डकोषको सुरक्षागर्दै हाईड्रोशीलबाट जोगिनु आवस्यक छ । उनले भने यसपटक नेपाल सरकारले दिएको कोटा अनुसारको शल्यक्रिया कार्य सकेका छौं । अस्पतालमा जुनसुकै बेला पनि आवस्यकता अनुसार हाईड्रोशीलको उपचार, परामर्श तथा शल्यक्रिया हुने गरेको उनले बताए ।