बाँकेमा बिहिबारदेखि लकडाउन
- मंगलबार बैशाख ७ , २०७८
चुरेकुञ्ज, नेपालगञ्ज । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि बिहिबारदेखि बाँकेमा लकडाउन गरिने भएको छ । दोस्रो चरणको कोभिड संक्रमण ब्यापक हुनथालेपछि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गते बिहीबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाका अनुसार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरिसकेको छ । ‘लकडाउन गर्न डिसिसिएमसीको बैठकले निर्णय गरेर पनि सिडिओ साबलाई सिफारिस गरिसकेको छ, कोरोना संक्रमण नियन्त्रण गर्नका लागि यो नै उत्तम विकल्प हो,’ उनले भने ।
जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा उपस्थित अधिकांस सरोकारवालाले बाँकेमा अत्यधिक रुपमा कोरोना संक्रमण बढेकाले लकडाउन गर्नुको विकल्प नभएकोमा जोड दिएका छन् । पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने स्थानीय प्रशासनले जनाएको छ ।