युनिकद्वारा गेरुवा तथा राजापुरका बिद्यार्थीलाइ छात्रवृत्ति प्रदान
- आइतबार फाल्गुण २८ , २०७९
केशव कोईराला, बर्दिया । युनिक नेपाल बर्दियाले ६ लाख ३३ हजार रुपैयाको छात्रबृत्ती बितरण गरेको छ । जिल्लाका २ पालिका गेरुवा गाँउपालिका र राजापुर नगरपालिकाका ९ सामुदायीक बिद्यालयका ६९ जना छात्रछात्रालाई छात्रबृत्ती बितरण गरिएको हो ।
युनिक नेपालले कक्षा ८ देखी १२ कक्षामा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई पूर्णकालिन छात्रवृत्ति अन्र्तगत ५० जना बिद्यार्थीलाई जनही १० हजार रुपैया र अल्पकालिन छात्रबृत्ती अन्र्तगत जनही ७ हजारका दरले १९ जनालाई बितरण गरेको युनिक नेपालका अध्यक्ष प्रिमलाल चौधरीले बताउनु भयो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गर्दै प्रमुख अतिथि युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधार मन्त्री डाक्टर गोपाल दहितले पहिले भौतिक पूर्वाधार र प्रर्याप्त जनशक्ती अभावमा पनी यसै क्षेत्रवाट अध्ययन गरेको अनुभव सुनाउदै शिक्षा क्षेत्रलाई अगाडि बढाउन आफु निरन्तर प्रयासरत रहेको वताउनु भयो ।
यस क्षेत्रका नागरिकहरु विपन्न अवस्थामा रहेकाले छात्रछात्रलाइ युनिक छात्रवृत्ति लागुगरी प्रत्येक वर्ष छात्रवृत्ति वितरणगर्दै आएको छ । यसै बिच कार्यक्रममा डाक्टर दहित द्वारा खोज अनुसन्धान गरिएको थारु नाच हुरडुङ्ग्वाके गिती सँग्रहको बिमोचन गरिएको छ । नेपालमै पहिलोपटक ५ बर्ष लगाएर यो संग्रहको लिपी गरिएको हो युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनरौराले जानकारी दिनुभयो ।