fbpx

प्रहरीले दुरब्यवहार गरेको भन्दै गेरुवाका स्थानिय आन्दोलित

प्रहरीले दुरब्यवहार गरेको भन्दै गेरुवाका स्थानिय आन्दोलित

केशव कोइराला, बर्दिया । प्रहरीले आफुहरु माथी दुव्र्यवहार गरेको भन्दै बर्दियाको गेरुवाका स्थानिय आन्दोलित भएका छन् । शान्ती सुरक्षाका निम्ती खटिएको प्रहरीले नै आफुमाथी दुव्र्यवहार गरेको भन्दै बर्दिया गेरुवा ६ लाहोरपुरका स्थानियले इलाका प्रहरी कार्यलय शान्तीवजार अगाडी नारा जुलुस गरेका हुन् ।

घटनामा संलग्न भनिएको व्यक्तीको खोजिमा गएका प्रहरीले संलग्न आरोपित व्यक्ती नभेटेपछी आफुहरुलाइ दुव्र्यवहार गरेको स्थानियको आरोप छ । जिल्ला प्रहरी कार्यलय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहोराले आफु घटना बारे अत्यन्त गम्भीर भएको भन्दै अनुसन्धानका लागी स्थलगत निरिक्षणमा आएको र दोसीलाइ कारवाहि गरिने आश्वासन दिनु भएको छ ।

दुइ युवा समुह बिचको झडपमा बुधवार राति गेरुवा ६ मा हानाहान हुँदा रमेश चौधरी, समिर चौधरी, अभिषेक चौधरी घाइते भएका छन् । घाइते मध्ये समिर चोधरीको टाउकोमा चोट लागेको छ । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । घटनामा संलग्न भनिएका सौरभ शाही लगायत ११ जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यलय शान्ति बजारका इन्चार्ज प्रहरी निरिक्षक निराजन सुनारले जानकारी दिनुभयो ।

तपाइको मत