गुलरिया स्थित बगलामुखी माविमा सिसिटिभी जडान (भिडियो)
- शुक्रबार फाल्गुण २६ , २०७९
मुरली गोडिया, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिकामा पहिलो पटक सार्वजनिक विद्यालयमा सिसिटीभी क्यामरा जडान गरिएको छ । श्रीबगलामुखि राधाकृष्ण थारु माध्यमिक विद्यालयमा गुलरिया नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा १४ वटा सिसीटिभी क्यामरा जडान गरिएको विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले जानकारी दिनु भयो ।
विद्यालयमा हुने साइकल चोरी, भौतिक संरचनामा हुने गरेका तोडफोड, विद्यार्थीहरुले नपढेर कक्षाकोठामा बस्ने जस्ता क्रियाकलापहरु माथि निगरानी गर्ने उद्धेश्यले क्यामराका लागी सहयोग गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले जानकारी दिनु भयो । विद्यालयको सुरक्षाका लागी गरिएको भन्दै विद्यार्थीमा कडाइ गर्न वा दवाब दिनका लागी जडान गरिएको भनि विद्यार्थीले नबुझन समेत शर्माले आग्रह गर्नु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ६ कार्यालयले ३ लाखको आर्थिक सहयोग र शिक्षा समितीको समन्वयमा जडान कार्य गरिएको हो ।