fbpx

उद्योग बाणिज्य संघ बाँसगढीको निर्वाचनमा बद्रीनाथ बरालको प्यानलबाट उम्मेदवारी घोषणा

उद्योग बाणिज्य संघ बाँसगढीको निर्वाचनमा बद्रीनाथ बरालको प्यानलबाट उम्मेदवारी घोषणा


विन्दु चौधरी, बाँसगढी । बाँसगढी उद्योग वाणिज्य संघको यही चैत ४ मा हुन लागेको निर्वाचनका लागि छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा होमिएका छन् । बाँसगढी उद्योग वाणिज्य संघका वर्तमान बरिष्ठ उपाध्यक्ष बद्रिनाथ बरालको नेतृत्व र व्यवसायी नर बहादुर वलीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर घोषणा सभा गरिसकेका छन् ।

उद्योग बाणिज्य संघ बाँसगढीको निर्वाचनमा लोकतान्त्रिक समावेशी स्वतन्त्र ब्यवसायिक बराल प्यानलको वरिष्ठ उपाध्यक्षमा माया कुमारी पौडेल भिड्दै हुनुहुन्छ । यस्तै उद्योग तर्फ उपाध्यक्ष खेम राज भट्टराई, वाणिज्य तर्फ उपाध्यक्ष इन्द्रजीत बुढाक्षेत्री, महिला उपाध्यक्ष मनु अधिकारी, पर्यटन तर्फ चेपाङबाट उम्मेदवार बनाउने सहमति भएको छ । त्यस्तै महासचिव भोजराज शर्मा, सविच यज्ञ बहादुर वली, कोषाध्यक्ष सरोज कुमार थारु र सहकोषाध्यक्ष सुनिल अधिकारी रहेका छन् । सदस्यहरुमा अजय तिवारी, महेश अधिकारी, रामलाल क्षेष्ठ, लक्ष्मण थारु, किशोर शर्मा, शान्ताप्रभा अधिकारी विष्णु परियार, कृष्ण खड्का, देवराम राना, अन्जु कुमार वली, कृष्ण प्रसाद देवकोटा रहेका छन ।

लेखा समिति संयोजकमा दिलु पौडेल (ज्ञवाली) सदस्य सुरज कुमार थारु र सुनिता थारु रहेका छन । वलीको प्यानलबाट बरिष्ठ उपाध्यक्ष शिव देवकोटा, उद्योग तर्फ उपाध्यक्ष विष्णु प्रसाद ढकाल, वाणिज्य तर्फ उपाध्यक्ष गोविन्द बहादुर हमाल, महिला उपाध्यक्ष विजया कुमारी शर्मा, पर्यटन तर्फ चेपाङबाट नेकपा माओवादीका उम्मेदवारलाई बनाउने सहमति भएको छ । त्यस्तै महासचिव विकाश गौतम, सविच प्रेम नारायण पौडेल, कोषाध्यक्ष शेर बहादुर सुनार र सहकोषाध्यक्ष गायत्री कुमारी पौडेल रहेका छन् । सदस्यहरुमा गणेश बहादुर केसी, राजु चौधरी, गौरी लम्साल, विनोद अधिकारी, जिवन राजी, निर्मला कुमारी शाही, सियाराम थारु, शुसिल बराल, जोहन पि. अधिकारी, बाबुराम थारु र केशव बहादुर टमटा रहेका छन । त्यस्तै लेखा समिति संयोजकमा किशोर भट्टराई, सदस्य धु्रब काफ्ले र टेक बहादुर सुनार रहेका छन । दुवै प्यानलले उम्मेदवारी घोषणा गरेका हुन् ।

तपाइको मत