भन्सार छलेर नेपाल ल्याईदै गरेको आठ लाखका राँगा पक्राउ
- बिहिबार फाल्गुण २५ , २०७९
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ र वडा नं.–२ बिचमा पर्ने ओराही खोला नजिकबाट प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा करिब आठ लाख मूल्य बराबरको राँगा नियन्त्रणमा लिएको छ । बुधबार बिहान ९ बजेको समयमा अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डो¥याउँदै गरेको अवस्थामा उक्त राँगाहरु पक्राउ गरिएका हुन् ।
प्रहरी चौकी कोठियाघाट र ईलाका प्रहरी कार्यालय ढोढरीको संयुक्त टोलीले राँगा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । संयुक्त गस्ती टोलीलाई देखेपछि उक्त राँगा सोही स्थानमा छाडी मानिस फरार भएका थिए । नियन्त्रणमा लिइएको राँगा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गुलरिया पठाइएको प्रहरी निरिक्षक शाहीले जानकारी दिनुभयो ।