नारी दिवसका अवसरमा गुलरियामा बृहत र्याली (भिडियो)
- बुधबार फाल्गुण २४ , २०७९
मुरली गोडिया, गुलरिया । नारी दिवसको अवसरमा गुलरिया नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गुलरियामा विशाल र्यालीको आयोजना गरिएको छ । र्यालीले गुलरिया बजार परिक्रमा गरी विविध कार्यक्रम सहित महिला दिवस मनाएको छ । महिला दिवसको पूर्व सन्ध्यामा विभिन्न खेलकुद सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो । खेलकुदका विजेताहरुलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ ।