fbpx

अन्तर्राष्ट्रिय नारी दिवसमा बाँसगढीका अपांगता भएका ११ महिला सम्मानित

अन्तर्राष्ट्रिय नारी दिवसमा बाँसगढीका अपांगता भएका ११ महिला सम्मानित


विन्दु चौधरी, बाँसगढी । लैगिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने नारासहित ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । सोही अवसरमा बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरिय महिला संजाल बाँसगढीको आयोजनामा नगर भित्रका ११ जना अपांगता भएका महिलाहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा बाँसगढी नगरपालिका वार्ड नम्बर १ का पुजा बस्नेत, वार्ड नं २ का शान्ती थारु, वार्ड नं ३ का मगती थारु, जितरानी थारु र गंगारानी थारु रहेका छन् । त्यस्तै वार्ड नं ४ का सिता थारु, वार्ड नं ५ का सविना थारु, वार्ड नं ७ का साउनी थारु वार्ड नं ८ का मनसरी खत्री र वार्ड नं ९ का सिता थापालाई दोसल्ला र नगद एक हजारसहित सम्मान गरिएको बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख एशोदा थापाले जानकारी दिनुभयो । नगरस्तरिय महिला संजाल बाँसगढीका संयोजक शिवकुमारी सापकोटाको सभापतित्व तथा प्रमुख अतिथि बाँसगढी नगर उपप्रमुख इन्द्रिरा चौधरीले महिला हकहित बिरुद्धमा अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक बनाउने दिनको रुपमा चित्रित गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

नारी दिवस महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमै संघर्ष गरेको ११३ बर्ष भएको बताउनुभयो । कार्यक्रममा अधिबक्ता लक्ष्मी नेपालले नेपालको संविधानमा लेखिएका महिला हकअधिकार, निति कानुन तथा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले आजको दिन अन्तर्राष्ट्रिय महिला आन्दोलनको पृष्ठभूमि बनेको दिनमा जुन नेपाली समाजले आत्मसात गरिनु आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बाँसगढी नगरपालिकाका वार्ड नं ४ का अध्यक्ष कृष्ण बास्तोला, वार्ड नं ७ का अध्यक्ष बलिराम चोधरी र वार्ड नं ८ का अध्यक्ष तुलप्रसाद गौतम लगाएतले आआफ्नो धारणा राख्नु भएको थियो ।

बाँसगढी सामुदायिक पुस्तकालय, कमैया महिला जागरण समाज बर्दिया र विगु्रपको समेत समन्वयमा भएको ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसमा बाँसगढी नगरपालिकाका महिला जनप्रनितिधि तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूको सहभागितामा संयुक्त रूपमा र्याली सहित कोण सभा सम्पन्न गरेको छ । बाँसगढीमा ‘लैगिक समानताका बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ बाँसगढी बजार परिक्रमा गरि नगरपालिकामा कोणसभा गरिएको थियो । कार्यक्रमको संचालन गायत्री पौडेलले गर्नुभएको थियो, भने स्वागत मन्तब्य इन्द्रिरा रिजालले गर्नुभएको थियो ।

तपाइको मत