fbpx

महिला दिवसका अवसरमा बढैयातालका जनप्रतिनिधि सम्मानित

महिला दिवसका अवसरमा बढैयातालका जनप्रतिनिधि सम्मानित

दलबहादुर सुनार, बढैयाताल । ११३ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बढैयातालका निवर्तमान जनप्रतिनिघि र गैर सरकारी संस्थाहरु सम्मानित भएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कार्यालय बढैयातालले आयोजना गरेको कार्यक्रममा ४५ जना निवर्तमान जनप्रतिनिधि सहित ८ वटा गैरसरकारी सस्थालाई सम्मान गरिएको हो ।

लैंङ्गिक समानताको बलियो आधार सिर्जनात्क प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ मनाईएको ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमका प्रमुख अतिथि एवंम पालिका अध्यक्ष हिमालय त्रिपाठीले सम्मानित भएका निवर्तमान जनप्रतिनिधि र सामाजिक क्षेत्रमा योगदान पुर्याएका गैरसरकारी लाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गर्नु भएको छ । सम्मानित हुनेमा बढैयाताल गाउँ कार्यपालिकाका सस्थापक अध्यक्ष लाब बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपाकुमारी गौतम, कार्यपालिका सदस्य, वडा न. १ देखि ९ सम्मका वडाध्यक्ष लगायत सदस्यहरु रहेका छन् ।

गैर सरकारी संस्थावाट सम्मानित हुने सस्थाहरुमा बाँके यूनेस्को क्लब, बि.ग्रुप, आवाज बर्दिया, कमैया महिला जागरण समाज नेपाल, दलित महिला संघ, जनशक्ति विकास समाज, शान्ति पुर्नस्थापना गृह र प्लान इन्टरनेशनल नेपाल रहेका आयोजकले जनाएको छ । बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा प्ले कार्ड सहित र्याली, बिबिध साँस्कृतिक कार्यक्रम साथ मनाएको ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधी, जनप्रतिनिधि, शिक्षक बिधार्थी लगाएतको सहभागिता रहेको थियो ।

तपाइको मत