अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आमाहरुलाई सचेतना
- बुधबार फाल्गुण २४ , २०७९
विष्णु अधिकारी, बर्दिया । लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहँुच बिस्तार भन्ने मुल नाराका साथ १ सय १३ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि गुलरियामा मनाइएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा थारु महिला उत्थान केन्द्रले गुलरिया नगरपालिका वडा नं. ५ सुहेलवामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा गर्भवती तथा आमाहरुलाई बच्चाको स्याहार सुसार सम्बन्धि सचेतना गराएको छ ।
नारी दिवसको अवसरमा गुलरिया नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गुलरियामा विशाल र्यालीको आयोजना गरिएको छ । र्यालीले गुलरिया बजार परिक्रमा गरी विविध कार्यक्रम सहित महिला दिवस मनाएको छ । महिला दिवसको पूर्व सन्ध्यामा विभिन्न खेलकुद सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो । खेलकुदका विजेताहरुलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ ।
आजका बालबालिका भोली देशको कर्णधार हुने भएकाले उनीहरुको बृद्धिबिकासका लागि बाबु आमा दुबैको अहम भुमिका रहेको थारु महिला उत्थान केन्द्रकी अध्यक्ष लिलावती थारुले बताईन । बालवालिकाको सपना गर्भदेखि नै सुरु हुने भएकाले गर्भवती महिलालाई परिवारका सदस्यहरुले सबै किसिमको सहयोग पुग्ने काम गर्नुपर्ने अध्यक्ष थारुको जोड रहेको थियो । बालबालिकाको मस्तिष्क विकासका लागि परिवारका सदस्यहरुको अहम भुमिका रहन्छ । कार्यक्रममा आमा गर्भवती भएको बेलामा बुवाहरुले आमालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्धत गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
आमाहरु तनावबाट मुक्त भएमा गर्भमा रहेको बच्चाको वृद्धिविकास अन्य बच्चाको तुलनामा राम्रो हुने भएकाले आमा र बुवाको अहम भुमिका रहेको उहाँको भनाई छ । कार्यक्रममा शिशु हुर्कने समयमा शिशुसँग खेल्ने, माया गर्ने, कुराकानी गरी सकारात्मक कुराहरु बुवाहरुले सिकाउनका लागि कम्तीमा २ घण्टा समय निकाल्नु पर्ने बताइएको थियो । बुवा आमाको प्रत्यक्ष सहभागितामा हुर्केका बच्चाहरु उच्च मनोबलका हुनुको साथै शिक्षा प्राप्तीमा अब्बल रहनुका साथै किशोरी अवस्थामै बच्चा जन्माउने सम्भावना कम हुने भएकाले अभिभावकहरुले बच्चाको लालन पालनमा विशेष ध्यान दिनु पर्ने कार्यक्रममा आमाहरुलाइ जानकारी दिइएको थियो ।
बालबालिकालाई अन्य बच्चाहरुसँग तुलना गर्न नहुने कुरामा सजग रहन अभिभावकहरुलाई बताइएको थियो । प्लान ईण्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र बर्दियाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संचालन गरेको कार्यक्रमले वालवालीकाको सर्वांगिण विकासमा सहयोग पुर्याउने उद्देश्य राखि कार्यक्रम आयोजना गरिएको थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मा सिँह थारुले चुरेकुञ्जलाई बताउनु भयो । आमाहरुले प्रर्याप्त मात्रामा घरमै खेरजाने बस्तुहरुबाट खेल सिकाई सामाग्री बनाएर खेल्ने बालबालिकाको बौद्धिक विकासमा थप टेवा पुग्ने उहाँको भनाई छ । कार्यक्रममा थारु महिला उत्थान केन्द्रले संस्थालाई उचाई सम्म ल्याउन सहयोग पु¥याउने सस्थापक जेष्ठ महिला सदस्यहरुलाई सम्मान स्वरुप हर्लिक्स वितरण गरको थियो ।