fbpx

उद्योग बाणिज्य संघ बाँसगढी निर्वाचनमा लोकतान्त्रिक समावेशी प्यानलबाट उम्मेदवारी घोषणा

उद्योग बाणिज्य संघ बाँसगढी निर्वाचनमा लोकतान्त्रिक समावेशी प्यानलबाट उम्मेदवारी घोषणा


विन्दु चौधरी, बाँसगढी । बाँसगढी उद्योग वाणिज्य संघको आसन्न चैत्र ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी प्यानलले आफनो उम्मेदवारी घोषण गरेको छ । नर बहादुर वलीको नेतृत्वमा २१ सदसिय उम्मेदवार घोषणा गरेको हो ।

बरिष्ठ उपाध्यक्ष शिव देवकोटा, उद्योग तर्फ उपाध्यक्ष विष्णु प्रसाद ढकाल, वाणिज्य तर्फ उपाध्यक्ष गोविन्द बहादुर हमाल, महिला उपाध्यक्ष विजया कुमारी शर्मा, पर्यटन तर्फ चेपाङबाट नेकपा माओबादीका उम्मेदवारलाई बनाउने सहमति भएको छ । त्यस्तै महासचिव विकाश गौतम, सविच प्रेम नारायण पौडेल, कोषाध्यक्ष शेर बहादुर सुनार र सहकोषाध्यक्ष गायत्री कुमारी पौडेल रहेका छन् । सदस्यहरुमा गणेश बहादुर केसी, राजु चौधरी, गौरी लम्साल, विनोद अधिकारी, जिवन राजी, निर्मला कुमारी शाही, सियाराम थारु, शुसिल बराल, जोहन पि. अधिकारी, बाबुराम थारु र केशव बहादुर टमटा रहेका छन ।

लेखा समिति संयोजकमा किशोर भट्टराई सदस्य धु्रब काफ्ले र टेक बहादुर सुनार रहेका छन । उम्मेदवारी घोषणापछि बोल्दै अध्यक्ष पदका उम्मेदवार नर बहादुर वलीले उद्योगी, व्यवसायीको हकहितमा अनबरत खट्ने बताउनुभयो । उहाँले बाँसगढी उद्योग वाणिज्य संघलाई केन्द्रमा जोड्ने र महाँसघको सदस्यता बनाउने पहिलो बुँदा रहेको बताउनुभयो । बाँसगढी क्षेत्र औद्योगिक हब भएकाले अन्य उद्योगहरु पनि ल्याउने र यहाँका जनताहरुलाई रोजगारी संग जोड्दै लैजाने उहाँको प्रतिबद्धता छ । कार्यक्रममा नेकपा एमाले बर्दिया जिल्ला उपाध्यक्ष शालिकराम अधिकारीले बाँसगढीका सम्पूर्ण उद्योगी, व्यवसायीको हित र कल्याणको निम्ति नेकपा एमाले र नेकपा माओबादी केन्द्र विच गठबन्धनलाई घोषणा गरिरहदा अझै पनि नेकपा एमाले सर्वसम्मतको अभियानमा रहेको बताउनु भएको छ ।

त्यस्तै नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेशका सदस्य भुमि विकले व्यवसायीक हितमा निरन्तर खटिन सक्ने सामथ्र्य राख्ने उम्मेदवार उठाएको बताउँदै आफ्नो पार्टीबाट भरपुर सहयोग रहेकोले समाबेशी प्यानललाई नै विजयी गराउन सबैलाई आग्रह गर्नुभयो । बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिङ थारुको अध्यक्षतामा भएको घोषण सभामा नेकपा एमाले नगर कमिटि इन्चार्ज नैनसिङ खत्री, नेकपा माओबादी केन्द्र नगर उपाध्यक्ष भिमबहादुर खत्री लगायतले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सन्चालन गोविन्द बहादुर हमालले गर्नुभएको थियो ।

तपाइको मत