fbpx

बाँसगढीमा पुष्पकमल तथा लालिमा महिला सहकारी एकीकरण

बाँसगढीमा पुष्पकमल तथा लालिमा महिला सहकारी एकीकरण


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकामा महिलाले मात्रै संचालन गरेको दुई बहुउदेश्यीय सहकारी संस्था एकिकरण भएको छ । बाँसगढी नगरपालिका वडा नम्वर ५ मा रहेको पुष्पकमल महिला बह्उदेश्यीय सहकारी संस्था र बाँसगढी नगरपालिका ९ मा रहेको लालिमा महिला बचत तथा ऋण सहकारी संस्था विच एकिकरण भएको हो ।

नगरपालीकामा रहेका दुई सहकारी विच रहेको दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ दुई सहकारी विच एकिकरणको घोषणा गरिएको लालिमा महिला बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक जुना खड्काले बताउनुभयो । एकिकरण पश्चात लालिमा पुष्पकमल महिला बहुउदेश्यीय सहकारी संस्थाको नामवाट संस्था संचालन गर्ने लालिमा पुष्पकमल महिला एकिकरण कार्यदलका संयोजक शिवकुमारी सापकोटाले चुरेकुञ्जलाई बताउनुभयो । कार्यक्रममा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले सहकारी एकिकरणसँगै संस्थाको आर्थिक सामाजिक गतिविधी, सहकारीको कारोवार र शेयर सदस्यको संख्यामा पनि उल्लेख्य वृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दे साझा उदेश्यका साथ अगाडी बढ्न सकेमात्र सहकारीका गरिमालाई उचाईमा पुरयाउन सकिनेमा जोड दिनुभयो । लालिमा महिला सहकारीमा ८ सय ५३ शेयर सदस्य सहित ५ करोड ५६ लाख बढिको कारोवार गरेको छ भने पुष्पकमल महिला बहुउदेश्यीय सहकारीमा एक करोड ३० लाख बढिको कारोबार गरेको छ । दुई सहकारी एकिरण पश्चात जम्मा करोबार ६ करोड ८६ लाख भन्दाबढि हुने छ । लालिमा महिला सहकारीमा ८ सय ५३ शेयर सदस्य सहित ८७ लाख ४८ शेयर पूंजी तथा पुष्पकमल महिला बहुउदेश्यीय सहकारीमा ५ सय २७ जना शेयर सदस्य सहित १३ लाख ५३ हजार शेयर पुँजी रहेको बताईएको छ ।

लालिमा पुष्पकमल महिला बहुउदेश्यीय सहकारी संस्थाको संयुक्त विषेश साधारण सभामा शिवकुमारी सापकोटाको अध्यक्षता, बाँसगढी नगर प्रमुखको खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरी, प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद पौडेल, थारु महिला उत्थान केन्द्र गुलरियाका कार्यकारी निर्देशक प्रिज्मा सिंङ थारु, बेश बर्दियाका जिल्ला अध्यक्ष विष्णु थारु, विभिन्न सहकारी सस्थाका प्रतिनिधि, सहकारीकर्मि लगाएत ५ सय बढि शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाइको मत