fbpx

मधुवन नगरमा जनता आवास कार्यक्रमको सम्झौता हस्तान्तरण

मधुवन नगरमा जनता आवास कार्यक्रमको सम्झौता हस्तान्तरण


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गतका ३ वटा वडाहरु मध्येका सबैभन्दा वृद्ध ८४ बर्षिय टिकाराम कामीलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस लुम्विनीका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सम्झौता हस्तान्तरण गर्नुभएको छ । सोमवार एक कार्यक्रमका विच सांसद तिमिल्सिनाले सम्झौता हस्तान्तरण गर्नुभएको हो ।

जनता आवास कार्यक्रम अन्तर्गत बर्दियाको मधुवन नगर पालिकाका ३ वटा वडाहरुमा ३१ वटा घर निर्माण गरिने भएको छ । वडा नं.– ३ मा १० वटा, ६ नं. वडामा ११ र ९ नं. वडामा १० गरि जम्मा ३१ वटा घर निर्माण गर्ने मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले बताउनु भएको छ । कार्यक्रमको पालिका मै सम्झौता गर्नुपर्ने भन्दै पहल गरिएपछी लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना मधुवन नगर प्रमुख तेज बहादुर भाट सहित शहरी विकास तथा भवन कार्यालय बाँकेका टोली आएर मधुवन नगरपालिकामा विपन्न आवास कार्यक्रम छनौट गरी सम्झौता भएको हो ।

सरकारले दलित, मुस्लिम पिछडिएका समुदायलाई प्राथमिकतामा राखेर जनता आवास कार्यक्रम संचालन गरिरहेको छ । प्रदेश सरकारले छुट्टै जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ समेत जारी गरेको छ । समुदायमा आवास विहिन जनताहरुलाई प्राथमिकतामा राखेर आवास निर्माणका लागि लाभग्राही छनौट गरिएको नगरप्रमुख भाटको भनाई छ ।

आवास निर्माणका लागी घर डिजाइन सहित प्रदेश सरकारले ३ लाख ३६ हजार उपलब्ध गराउने छ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामाग्री पनि उपलब्ध गराएर सहभागिता जनाउनुपर्ने ब्यवस्था छ । कार्यक्रमले दलित, मुस्लिम र विपन्न परिवारलाई प्राथमिकता दिएको छ । छनौटमा परेका विपन्न घर परिवारलाई समयमै घर निर्माण कार्य सम्पन्न गर्न लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिनाले अनुरोधसँगै आग्रह गर्नुभएको छ ।

तपाइको मत