थारु कल्याणकारीणी सभा बाँसगढीको सभापतिमा सिताराम
- शनिबार फाल्गुण २० , २०७९
विन्दु चौधरी, बाँसगढी । थारु कल्याणकारीणी सभा (थाकस) बाँसगढी नगर समितीको सभापतिमा सिताराम थारु चयन हुनुभएको छ । बाँसगढीमा शनिबार भएको दोस्रो अधिवेशनबाट थारुको सभापतित्वमा ११ सदसिय नयाँ नगर कार्यसमिती चयन गरिएको हो ।
समितिको उपसभापतिमा गोरैतु थारु, सचिवमा रजमान चौधरी, सह सचिवमा विन्दु चौधरी, कोषाध्यक्षमा सुखरानी थारु चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राम दुलारु थारु, स्वामी दयाल थारु, चन्नुराम थारु, विना रिजाल थारु, बच्चु थारु र संजिता थारुलाई सर्वसम्मत चयन गरिएको हो । थाकसका जिल्ला सभापति विर बहादुर थारुले थारु समुदायको हक हितका लागि आवाज उठान गर्ने संस्थाले निर्विरोध नेतृत्व चयन गर्नु प्रशंसा योग्य रहेको बताउनु भएको छ । नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै हरेक तह तप्कामा रहेको समुदायलाई संगठित बनाउन पर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबीच नेकपा माओवादी केन्द्र बर्दियाका जिल्ला अध्यक्ष भवनकुमार थारुले विगतभन्दा अहिले एकदमै सक्रिय भइ संगठन बिस्तार गरेकोमा खुशी व्यक्त गरेको बताउन ुभयो । नगर भरिका थारु समुदायको हक हितको लागि अग्रसर भएर काम गर्न नव निर्वाचित पदाधिकारीहरुलाई आग्रह समेत गर्नुभएको थियो । थाकसका नगर सभापति विनाराम चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाँसगढी नगरपालिका वाड नं ३ का वडाअध्यक्ष रामचन्द्र थारु, वाड नं ५ का वडाअध्यक्ष दहुवा थारु र वाड नं ७ का वडाअध्यक्ष बलिराम चौधरीको उपस्थिति रहेको थियो । थाकसले थारु जातिको उन्नयनमा महत्वपूर्ण भुमिका खेल्दै आईरहेको छ ।