हरेक घरमा पढ्नको लागि ‘पढाइ कुना निर्माण’
- शनिबार फाल्गुण २० , २०७९
चुरेकुञ्ज, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालीका वडा नम्बर २ की आरती की छोरी प्रकृती थारु ज्ञानोदय आधारभुत बिद्यालयको कक्षा ४ मा पढ्छिन् । उनी सधैं विद्यालय गएपनि घरमा पढ्ने बानी पटक्कै थिएन । विद्यालयबाट घर आउँदा विद्यालय पोशाक र झोला जहाँ पायो त्यही फाल्थिन् । तर उनको घरमा पढाइ कुना बनाएपछि उनको व्यवहारमा निकै परिवर्तन भएको छ ।
प्रकृतीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइएको छ । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीकाको समन्वय, सहकार्यमा बालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाइ कुनाले प्रकृतीको दैनिक कृयाकलाप फेरिएको छ ।
प्रकृतीको पढाइ कुनामा कापी कलम, पोशाक राख्ने ठाउँ छ । विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोशाक राख्छिन् । हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन् । प्रकृतीकी आमा आरती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथा नगर पालीकाले सिकाइ अनुसार घरमा पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ ।’ प्रकृतीले पढाइ कुनामा हरेक दिन करिब दुई घण्टा पढ्छिन् ।
बारबर्दिया नगरपालीका वडा नं. ११ कि सैलीजा ढोटैली, गेरुवा गाउँपालीका वडा नं ५ को आइसा थारुको घरमा पनि पढाइकुना छ । उनी हरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन् । उनले लगाउने कपडा, विद्यालयको पोशाक र शैक्षिक सामाग्रीहरू त्यही राख्छिन् । उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन् । त्यही कोठामा पढ्छिन् । पहिले उनको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन । आजभोलि नियमित पढ्छिन् । घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन् । यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ ।
आइसा भन्छिन्, स्याक नेपाल बाँकेले परियोजना संचालन पछि ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ । पढौं पढौं लाग्छ । पहिले घरमा पढ्नै मन लाग्दैन थियो । विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो । अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी बढ्न मन लाग्छ ।’ प्रकृती, आइसा, सैलीजाको घरमा मात्र होइन । बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउँपालीकाको परियोजना संचालन भएका करिब २ सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएका ेसिकाइ परियोजनाका परियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा,गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा पढाइ कुना बनाइएका हुन । शर्मा भन्नुहुन्छ ‘विद्यार्थीको सिकाइ स्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रम मार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुवात गरेका छौं । प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५ वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूका लागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ ।
बिजय प्राथमिक बिद्यालय बारबर्दिया नगरपालीका वडा नं ११ का प्रधानाध्यापक धम्रेन्द्र थारुले पढाइ कुना र सिकाइ केन्द्र सञ्चालन भएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताउनु भयो । ठाकुरबाबा नगरपालीकाका कार्यालय प्रमुख रामहरि रिजालले संस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र सस्थाले संचालन गरेका हरेक कृयाकलापमा नगरपालीकाको समन्वय सहकार्य रहेको छ । संस्थाले पुर्व प्राथमिक तहमा गरेको लगानी सार्थक र उपलब्धी मुलक भएको बताउनु भयो ।
बारबर्दिया नगरपालीका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले बारबर्दिया नगरपालीकाको शैक्षिक गुणस्तिर बृद्धिका लागी उल्लेखनिय कार्य गरेको छ । राज्यको नजर नपुगेको ठाउँमा सस्थाले पुर्वप्राथामिक कक्षाहरुलाइ नमुना बनाउने, आइसिटि सहयोग मार्फत प्रबिधि मैत्रीसिकाइ, अभिभाक शिक्षा, भौतिक पुर्वाधार निर्माण र पालीका स्तरको शिक्षा निति, शिक्षा योजना, र स्थानिय पाठ्यक्रम निर्माण गर्नमा महत्वपुण भुमिका निर्वाह गरेको छ । तसर्थ परियोजना मार्फत बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूको सिकाइमा उल्लेख्य सुधार भएको उहाँको भनाई छ ।