fbpx

सन्चुरिया थारुको मृत्यु छानविन गर्न नारी एकता केन्द्रको माग

सन्चुरिया थारुको मृत्यु छानविन गर्न नारी एकता केन्द्रको माग


मुरली गोडिया, गुलरिया । नारी एकता शक्ति केन्द्र ठाकुरबाबा नगरपालिकाले सन्चुरिया थारुको रहस्यमय मृत्युको घटनालाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ती जारीगर्दै ठाकुरबाबा नगरपालिकाकी सन्चुरिया थारुको मृत्युको विषयमा प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई छानविन गर्न समेत माग गरेको छ ।

फाल्गुन १७ गते राती ठाकुरबाबा नगरपालिका वाड नं ५ निवासी अन्दाजी ४१ बर्षिया सन्चुरिया थारुको ठाकुरबाबा नगरपालिकों सदरमुकाम भुरीगाउँको मुख्य बजार, इलाका प्रहरी कार्यालय नजिकै, सिसी क्यामरा को निगरानी रहेको वार्ड न १ भुरीगाउ बजार क्षेत्र भित्रै शंकास्पद रुपमा मृत अवस्थामा शव भेटिएको विज्ञप्तीमा उल्लेख छ । ४ दिन सम्म पनि त्यसको सत्य तथ्य बाहिर आउन नसक्दा सुरक्षा निकाय र कैयौ सरोकारवाला निकाय माथि प्रश्न उठेको बताईएको छ ।

महिलाहरुको सुरक्षीत क्षेत्र कहाँ हो भन्ने हजारौ महिलाहरुको मनमा आफु असुरक्षीत महशुस भएको उक्त विज्ञप्तीमा छ । “दुखद घटनालाई गम्भिर रुपमा लियर सत्य तथ्य बाहिर ल्याइ अपराधिलाई कानुनी सजाय दिन र यस पछि यस्ता घटना घट्न नदिन, समाजमा शान्ती सु–व्यवस्थाको प्रत्याभुती दिन जोडदार माग गर्दछौ ।” विज्ञप्तीमा भनिएको छ । ठाकुरबाबा नगरपालिकाको उप–प्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय बर्दियामा गइ घटनाको विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानआर्षण गराएको सामाजिक संजालको माध्यामबाट जानकारी पाईएको उल्लेख छ ।

बर्दियाका सबै नगरपालिकाहरुमा यस्ता घटना दोहोरिन नदिन र सन्चुरिया थारु हत्याको अपराधिलाई तत्काल कानूनि दायरमा ल्याई कानुन बमोजिमसजाय मिल्छ भन्ने अनुभूति गराउन र यस्ता अपराध दोहोरिन नदिन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण समेत गर्न चाहान्छौ नारी एकता शक्ति केन्द्रकी अध्यक्ष मेनका पोख्रेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

तपाइको मत