गुलरिया र मधुवनमा युवा, महिला उद्यमशिलता परियोजना शुरु
- शुक्रबार फाल्गुण १९ , २०७९
मुरली गोडिया, गुलरिया । दलित महिला उत्थान संघ बर्दियाले गुलरिया र मधुबन नगरपालिकामा आफनो नयाँ परियोजना शुरु गरेको छ । दुवै नगरपालिकामा २ बर्ष सम्म बिभिन उद्यमशिलताका कार्यहरुको खोजी गर्ने, तालिम प्रदान गर्ने र युवाहरुको छनौट गरि २ सय ५० जनालाई आर्थिक उपार्जनमा जोडिने तयारीका साथ परियोजनाको शुरुवात भएको हो ।
युवा तथा महिला उद्यमशिलता बिकास परियोजनाले पालिकाका विभिन्न वडाहरुमा स्थलगत रुपमा ५ देखि ८ वटा सम्म आवश्यक उद्यमहरु खोजेर युवाहरुको छनौट गरि कार्य प्रारम्भ गरिने परियोजनाले जनाएको छ । बर्दिया जिल्ला कृषीको उर्वर भुमि भएको र थुप्रै कृषिउपजहरु उत्पादन गर्न सकेको भएपनि कृषकले बजारीकरणको समास्या झैल्दै आएको बैठकका सहभागीहरुले बताएका छन । कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी नगर उपप्रमुख साबित्रा गौतमले आफना वडाहरुमा आवश्यक उद्यमको विषयमा विभिन्न संघ संस्थाहरुलाई जानकारी गराई वडामा चाहिने आवश्यक आर्थिक शसक्तिकरणका क्रियाकलापहरुमा समन्वय गर्नुपर्ने बताउनु भयो ।
गाँउका युवा महिला पुरुषहरु रोजगारीको सिर्जना गर्न नसक्दा विदेश जानुपर्ने बाध्याता रहेकाले स्थानिय उत्पादनमा जोड दिई रोजगारीको सिर्जना गर्न तर्फ उपप्रमुख गौतमले संघसंस्थालाई आग्रह गर्नु भयो । बैठकमा सुझाव दिंदै उद्योग बाणिज्य संघ गुलरियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले बर्दियामा उत्पादित बस्तुको बजारीकरणमा देखिएको समस्या समधान गर्न वाणिज्य संघ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । स्थानिय सहकारी तथा समुहहरुले उत्पादन गरेको उपजलाई विक्रीका लागी पुर्ण साथ दिने श्रेष्ठको प्रतिबद्धता छ ।
स्थानीय स्तरमा उत्पादन गरिएको बस्तुमा बर्दिया जिल्ला आत्मनिर्भर नभएकाले अगरबत्ती, दुग्धजन्य बस्तुमा नयाँनयाँ परिकार बनाउने, स्थानिय स्तरमा पाइने पातको सदुपयोग गरि दुना टपरि जस्ता समाग्री निर्माण गर्न तर्फ संघसस्थाले युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने श्रेष्ठको भनाई छ । संघ सस्थाले वडा स्तरमा कार्यक्रम निर्माण गर्ने वा स्थानिय युवाहरुको खोजी गर्ने क्रममा स्थानीय जनप्रतिनिधि सङ्ग विभिन्न उद्यम बारे छलफल गर्न आवश्यक रहेको गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले आग्रह गर्नुृ भयो ।
पालिकामा दलित महिला, बालबालिका, विपन्न वर्ग प्रकोप प्रभावित समुदायको क्षमता विकास गराउँदै लक्षित समुदायकै अगुवाइमा अधिकारको लागी पैरवी गरि आर्थिक, समाजिक, राजनैतिक, शैक्षिक, श्रोतसाधन, सुचना र स्वास्थ्यमा पहुँच बढाउने लक्ष्य रहेको परियोजना संयोजक विष्णु नेपालीले चुरेकुञ्जलाई जानकारी दिनु भयो । दलित महिला उत्थान संघ बर्दियाले संचालन गरेको युवा तथा महिला उद्यमशिलता बिकास परियोजना जनवरी २०२३ देखी शुरुवात भएको छ । परियोजना २०२५ जनवरी सम्म संचालन हुने संस्थाले जनाएको छ ।