बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा जर्मन राजदुत डाक्टर प्रीञ्ज
- शुक्रबार फाल्गुण १९ , २०७९
हरि गुरुङ, मधुवन । नेपालका लागी जर्मनी राजदुत डाक्टर थोमस प्रीञ्जले बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज, डल्ला होमस्टे खाता जैविक मार्गक्षेत्र र भारतीय सिमावर्ती दशगजा ८२ नं. पिलरमा भारतीय डब्लुडब्लुएफ सँग भेट तथा अवलोकन गर्नुभएको छ ।
डब्लु.डब्लु.एफ. नेपालले बर्दिया जिल्लामा गरेका जैविक विविधतासंरक्षण, वन्यजन्तु संरक्षण सम्बन्धि कार्य बुझ्न आउनुभएको तराई भु–परिधी कार्यक्रम (ताल) का डा. अनन्त भण्डारीले जानकारी दिनुभयो । राजदुत प्रीञ्जले स्थानीय उपभोक्ताहरु तथा संरक्षणकर्मीसँग कुराकानी गर्दै तपाईंहरुले गरेको काम प्रशंसा योग्य छ भन्दै जैविक विविधता, वन वन्यजन्तु संरक्षण र बाघ संरक्षणमा पुर्याएको योगदान सर्हाना गर्नुभयो ।
घट्दै गरेको बाघको संरक्षण गरेर तपाईंहरुलाई मात्र हैन सारा विश्वलाई गुन लगाउनु भएको छ त्यसको लागि म आभार ब्यक्तगर्छु उहाँले भन्नुभयो । जर्मन सरकारले नेपाल सरकारलाई अवस्य सहयोग गर्छ । उहाँको साथमा जर्मन राजदुतावासका साइमन हेन्केले र डब्लु.डब्लु.एफ. जर्मनका प्रतिनिधि आरनुफ कोहके रह्नुभएको छ भने बर्दिया भ्रमण ३ दिन रहने तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेका कार्यक्रम सह–प्रबन्धक कमल राईले जानकारी दिनुभएको छ ।