fbpx

बर्दियामा ३ अरबको लगानीमा टायल उद्योग निर्माण शुभारम्भ

बर्दियामा ३ अरबको लगानीमा टायल उद्योग निर्माण शुभारम्भ


मुरली गोडिया, गुलरिया । बर्दियामा टायल उद्योग खुल्ने भएको छ । गुलरिया नगरपालिका वडा नम्वर ८ पृथ्वीनारायण पार्क नजिकै लुम्बिनी सेरामिक प्रा.लि. ले ३ अरब भन्दी बढी लगानिमा घरमा प्रयोग गरिने गुणस्तरीय टायल उद्योग संचालन हुने भएको छ ।

शुक्रवार धार्मिक अनुष्ठानका बिच भूमि पूजनगर्दै उद्योग निर्माणको थालनी गरिएको लुम्बिनी सेरामिक प्रा.लि.का निर्देशक अर्नब चुडिवालले जानकारि दिनु भयो । टायलका विभिन्न प्रकार मध्ये नेपालमा उत्तम मानिएको जि.भि.टि टायल उत्पादन बताईएको छ । उद्योगमा ३ सय जना भन्दा बढी स्थानियले रोजगारी पाउने लुम्बिनी सेरामिक प्रा.लि.का संचालक श्याम खेतानले जानकारी दिनु भयो ।

नेपालमा मागको करिब २० प्रतिशत मात्र उत्पादन हुने गरेको र यस उद्योगले उत्पादन शुरुआत गरे पश्चात देशमा हुने टायलले करिब १० प्रतिशत माग थप पूरा गर्ने संचालक खेतानले बताउनु भयो । गुलरियामा खुल्न लागेको उद्योग १३ बिगाहा छेत्रफलमा फैलिएको छ । उद्योगको निर्माण प्रक्रिया भर्खर मात्र सुरुवात भएको छ भने निर्माण सम्पन्न हुन करिब २ वर्ष लाग्ने प्रा.लि.ले जानकारी गराएको छ । भूमिपूजन कार्यक्रममा सहभागी हुनु भएका साँसद एवम् पूर्व सिंचाई मन्त्री संजयकुमार गौतमले लामो समयको प्रयासपछि गुलरियामा उद्योग स्थापनार्थ सफलता मिलेकोले उद्योग भित्राउन सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

तपाइको मत