बर्दिया रक्तदाता समाजको अध्यक्षमा पुनः लम्साल सर्बसम्मत
- शुक्रबार फाल्गुण १९ , २०७९
विन्दु चौधरी, बाँसगढी । नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाले दोस्रोे अधिबेशन सम्पन्न गरेको छ । बर्दियाको राजापुरमा भएको अधिबेशनले पुनः प्रेम प्रसाद लम्सालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा सन्तोष बास्तोला, सचिबमा श्याम लाल थारु, कोषाध्यक्षमा उमा कुमारी मल्ललाई सर्वसम्मत चयन गरेको हो । सदस्यहरुमा शिशिर शर्मा, शंकर थारु, महवमुद मनिहार सिद्धिकी, चल्टु थारु, रामसिशन चौधरी, रविन परियार, राम बाबु सुवेदी र लङकेश्वरी खत्रीलाई चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाका नगर उपप्रमुख मनकला कुमारी चौधरीले रगत दान गर्नु आफैमा पूण्य काम भएको बताउदै रक्तदाताको संख्या बढाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गर्नु भएको थियो ।
रगतको आवश्यकता दिनानुदिन बृद्धि हुदै गइरहेको बताउदै उहाँले रगत दान गर्ने व्यक्तिहरुको महत्व ठूलो ओहदामा बस्ने व्यक्तिहरुको भन्दा लाखौ गुणा बढी महत्वपूर्ण रहेको बताउनु भयो । नेपाल स्वयसेवी रक्तदाता समाज बर्दिया जिल्ला अध्यक्ष लम्सालले बिरामीलाई उपचारका समयमा रगतको अभाव हुन नदिन देशव्यापी रुपमा स्वयंसेवी रक्तदाताको सञ्जाल विस्तार हुदै आइरहेको बताउनु भएकोे थियो । बर्दियाको राजापुरमा भएको दोस्रो अधिवेशनमा रेडक्रस बर्दियाका अध्यक्ष कृष्ण प्रसाद गौतम, समाजका सल्लाहकार अर्जुन सुवेदी, विपिन पौडेल, एकनारायण पौडेल राजापुर नगरपालिका ४ का वडाअध्यक्ष विदुर पोखरेल लगाएतको सहभागिता रहेको थियो ।