fbpx

बित्तीय संस्थाको ज्यादती विरुद्ध नेकपाको बिरोध प्रदर्शन

बित्तीय संस्थाको ज्यादती विरुद्ध नेकपाको बिरोध प्रदर्शन


मुरली गोडिया, गुलरिया । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिती बर्दियाले बिरोध प्रदर्शन गरेको छ । पछिल्लो समय देशमा बढ्दै गइरहेको महंगी, भ्रष्टचार, कालाबजारी र वित्तिय संस्थाहरुको ज्यादती विरुद्ध गुलरियामा विरोध प्रदर्शन गरेको हो ।

सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य एवम् बर्दिया जिल्ला ईन्चार्ज हिमशिखर सीले देशमा बढ्दै गइरहेको महंगी, भ्रष्टचार, कालाबजारी र वित्तिय संस्थाहरुको ज्यादती विरुद्ध नागरिकहरु जागरुक भइ सकेको भन्दै यस्तो कार्यलाई बन्द गर्न अनुरोध गर्नु भयो । आम नगरिकहरुले अहिले व्यवस्थाको समुचित अनुभव गर्न नपाएको भन्दै उत्पिडनमा परेका आम जनतालाई बैज्ञानिक समाजबादको परिकल्पना अनुसारको सेवा नपाए सम्म पार्टीले जनताका पक्षमा अवाज उठाइराख्ने बताउनु भयो ।

सोमबार देशभर भएको प्रदर्शन कार्यक्रमका अवसरमा सोमबार गुलरियामा निकालिएको विरोध ¥यालीमा महंगी, भ्रष्टचार, कालाबजारी र वित्तिय संस्थाहरुको ज्यादती विरुद्ध आम नागरिकको समस्या समाधानका लागी निरन्तर रुपमा पार्टी लागी रहने उहाँको जोड छ । अहिलेको प्रदर्शनलाई सामान्य रुपमा नलिन पनि उहाँले सरकारलाई चेतावनी दिनु भएको छ । बिरोध केवल खबरदारीको सुरुवात भएको भन्दै आगामी दिनमा जनतामैत्री बन्न सरकारलाई ध्यानाकर्षण गराईएको छ । र्यालीले बजार परिक्रमागर्दै गुलरिया राधाकृष्ण चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

तपाइको मत