कविता : स्वार्थ
- सोमबार फाल्गुण १५ , २०७९
अथक पौडेल, श्रीबगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरिया, बर्दिया । कक्षा १० सेक्सन (ए) ।
स्वार्थ
भन्छन् सबले राजनितिलाई फोहोरी खेल भनेर
जान्न सोच कसैको त्यतातिर देश बनाउँछु भनेर ।
उतातिर देश बेच्न लागे एम.सी.सी पास गरेर
पहिलेको त्यो विरता हराउन लाग्यो यो दुुर्दशा देखेर ।।
चुनाव आउँछ अनि तातिन्छन् प्रायः नेताहरु झुठा आश्वासन दिलाई
जितेर गई सकेपछि विर्सन्छन्स ति आफना प्रतिवद्धतालाई ।
जहाँ संविधान बन्छ त्यहि नै, लडाई र झगडाको आवाज छ
सबै आफनै स्वार्थको लागि दौडने भए कसरी बन्छ यो देश ।।
हामी जनताहरु पनि आफनो काम बनाउन, घुस दिने दौडमा छौँ
पछि गएर लाञ्छना गर्ने गर्छौ नेताहरुले देश खाए भनेर ।
सबैमा इच्छाशक्ति जाग्नु परयो अनि देशको भविष्य सुधार्नलाई
मनैबाट हटाउनु परयो अब ति कुलहत भावनालाई ।।